जुलाईमा असुसटेक र एमएसआईको आम्दानी खस्कियो: रिपोर्ट

  • Technology Khabar | २९ श्रावण २०७८, शुक्रबार
जुलाईमा असुसटेक र एमएसआईको आम्दानी खस्कियो: रिपोर्ट

काठमाडौं ।

असुसटेक कम्प्युटर र माइक्रो-स्टार इन्ट्नेशनल एमएसआई दुवै प्रविधि कम्पनीको आम्दानी गत जुलाइ महिनामा उल्लेख्य रुपले घटेको छ।

यसका पछाडि मुख्य गरी विश्ववयापी चिप अभावका कारण नोटबुकको उत्पादन तथा बिक्री कम हुनु साथै क्रिप्टो माइनिङका लागि आवश्यक ग्राफिक्स कार्डको माग उल्लेख्य मात्रामा घट्नु रहेको बुझिएको छ।

असुसटेकले जुलाइमा आफ्नो आम्दानी १ अर्ब ३४ करोड डलर आम्दानी भएको र यो अघिल्लो महिनाका तुलनामा २१.६ प्रतिशत कम भएको तर वार्षसिक हिसाबले हेर्दा भने १.२ ले वृद्धि भएको रिपोर्टमा उल्लेख छ।

यस्तै एमएसआईको समग्र आम्दानी जुलाइमा ५१ करोड १६ लाख डलर भएको र यो अघिल्लो महिनाभन्दा ६.७ प्रतिशत घटी र वार्षिक हिसाबले ५ प्रतिशत कम हो।

यही प्रवृत्ति र क्रिप्टो माइनिङ गर्ने कम्पनीहरु घट्दै गएकाले ग्राफिक्स कार्डको मागमा आएको गिरावटका कारण आउँदो ६ महिनामा पनि यी दुई कम्पनीको आम्दानी घट्ने आकलन गरिएको छ।

प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...