आईफोन १३ मा ‘क्यामरा एसेम्ब्ली मेथड’ प्रयोग गर्दै फक्सकन

  • Technology Khabar | २९ श्रावण २०७८, शुक्रबार
आईफोन १३ मा ‘क्यामरा एसेम्ब्ली मेथड’ प्रयोग गर्दै फक्सकन

काठमाडौं ।

प्रविधिसम्बन्धी समाचार पोर्टल द इलेकका अनुसार एप्पलले आईफोन १३ देखि आफ्नो क्यामरा मोड्युल उत्पादन प्रक्रिया परिवर्तन गर्ने भएको छ।

द इलेकमा आएको उक्त रिपोर्टमा यसअघि एप्पलले विभिन्न आपूर्तिकर्तासँग पहिले नै एसेम्बल गरिएका क्यामरा मोड्युल किनेर त्यसलाई आफ्ना डिभाइसमा एसेम्बल गर्ने गरेको थियो। तर अब भने कोरियाली आपूर्तिकर्ता हाइभिजन सिस्टमले फक्सकनलाई ‘क्यामरा मोड्युल इन्स्पेक्शन इक्विकमेन्ट’ आपूर्ति गर्नेछ।

यो उपकरण थुप्रै क्यामरा सेन्सरहरुको लहर व्यवस्थापन सही छ कि छैन भनेर जाँच्नका लागि प्रयोग गरिन्छ।

यस हिसाबले हेर्दा अबदेखि आपूर्तिकर्ताले पहिले नै एसेम्बल गरिएका डबल वा ट्रिपल क्यामरा मोड्युल उपलब्ध गराउने छैनन्। बरु कम्पनीले क्यामरा सेन्सरहरु किनेर आवश्यकता अनुसार एसेम्बल गर्नेछ।

अद्घिल्लो वर्षसम्म एप्पलले आफ्ना आपूर्तिकर्ता एलजी इनोटेक, शार्प तथा ओ फिल्मसँग प्रि-एसेम्बल्ड डुअल तथा ट्रिपल क्यामरा मोड्युल किन्ने गर्थ्यो।

एप्पलले हाल आफ्ना आपूर्तिकर्ताहरुलाई ९ करोड थान आईफोन १३ का लागि आवश्यक पार्टपुर्जाहरु पर्याप्त मात्रामा पुग्ने गरी अर्डर गरिसकेको छ। यो आँकडा आईफोन १२ को भन्दा २० प्रतिशतले बढी भएको द इलेकको रिपोर्टमा उल्लेख छ।

प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...