अनलाइन कक्षामा विद्यार्थीहरुको ध्यान केन्द्रित गर्न ‘फोकस’ मोड ल्याउँदै जूम

  • Technology Khabar | २९ श्रावण २०७८, शुक्रबार
अनलाइन कक्षामा विद्यार्थीहरुको ध्यान केन्द्रित गर्न ‘फोकस’ मोड ल्याउँदै जूम

काठमाडौं ।

चर्चित भिडियो कलिङ एप जूमले आफ्नो भिडियो कन्फ्रेन्सिङ प्लेटफर्ममा केही नयाँ अपडेट ल्याउने भएको छ।

एपले विशेष गरी अनलाइन कक्षाका बेला विद्यार्थीहरुको ध्यान यताउता नजाओस् र कक्षामै केन्द्रित होउन् भन्ने उद्देश्यले बिहीबार ‘फोकस’ नामको नयाँ फिचर थप गरेको हो।

कोरोना महामारीका कारण विश्वभरी नै अनलाइन कक्षाहरु अपरिहार्य भएकाले विभिन्न भिडियो कलिङ एपहरुले बेलाबेलामा विभिन्न फिचरहरु थप्दै आइरहेका छन्।

यसैबीच हालै जूमले फोकस मोड जो कोहीले प्रयोग गर्न मिल्ने भए पनि विशेष गरी शिक्षकहरुको लागि बढी उपयोगी रहेको छ।

कम्पनीले यो फिचरका बारेमा पहिलो पटक एउटा ब्लग मार्फत् जानकारी दिएको द भर्जले जनाएको छ। होस्टले फोकस मोड अन गरेपछि सहभागीहरुले कलमा रहेका एक अर्कालाई हेर्न पाउने छैनन्।

होस्टले सबै सहभागीको वेबक्याम एक्सेस गर्न सक्छ तर अन्य सहभागीले अरुको भिडियोका कारण आफ्नो ध्यान यताउता गर्नुपर्ने छैन।

प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार