भोजको खरिदमा आइएमई पेबाट भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यास ब्याक पाईने

  • Technology Khabar | २८ श्रावण २०७८, बिहीबार
भोजको खरिदमा आइएमई पेबाट भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यास ब्याक पाईने

काठमाडौं ।

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे र भोजवीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपालको वान स्टप फुडि एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आइएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन्।

भोज र आइएमई डिजिटल सोलुसन लिमिटेडवीच भएको सम्झौता पश्चात अब भोज्बाट आइएमई पे माफर्त खरिद गर्दा रु ५०० नबढ्ने गरी २० प्रतिशत क्यासब्याक गरी सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् ।

अफर १३ अगस्त २०२१ देखि १९ अगस्त २०२१ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार ब्यवस्थापक आमोद भट्टराईले भोज्मा आइएमई पेको भुक्तानी सेवासँगै २० प्रतिशत क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए ।

सेवा शुरुआत गरिएको उपलक्ष्यमा बोल्दै भोजका सह संस्थापक निकेत अग्रवालले भोजडिल्सबाट खरिद गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गरे ।

प्रकाशित: २८ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...