टेलिफोन र इन्टरनेट सेवा भरपर्दो बनाउन विकास तथा प्रविधि समितिको निर्देशन

  • Technology Khabar | २८ श्रावण २०७८, बिहीबार
टेलिफोन र इन्टरनेट सेवा भरपर्दो बनाउन विकास तथा प्रविधि समितिको निर्देशन

काठमाडौं ।

संसदको विकास तथा प्रविधि समितिले सरकारलाई टेलिफोन र इन्टरनेट सेवा भरपर्दो बनाउन निर्देशन दिएको छ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टेलिफोन र इन्टरनेट सेवा भरपर्दो बनाउन निर्देशन दिएको हो ।

सो बैठकमा समितिकी सभापति कल्याणी कुमारी खड्काले समितिका सदस्यबाट आएको सल्लाह सुझाव ध्यानमा राख्दै टेलिफोन र इन्टरनेट सेवा चाँडोभन्दा चाँडो भरपर्दो बनाउन मन्त्रालयलाई निर्देशन दिएकी हुन् ।

त्यस्तै समितिले मोबाइलबाट हुने अवैध कार्य रोक्ने प्रक्रिया प्रभावकारीरुपमा कार्यान्वयन गर्न समेत मन्त्रालयको ध्यानाकर्षण गरेको छ।

प्रकाशित: २८ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...