
काठमाडौं ।
फोटो शेयरिङ एप इन्स्टाग्रामले गालीजन्य मेसेज निषेध गर्नका लागस नयाँ फिचर डिजाइन गरेको बताएको छ।
यो नयाँ फिचरको नाम ‘लिमिट्स’ राखिएको छ जसले कमेन्ट तथा मेसेजहरु कुनै पनि यूजरलाई फलो नगरेका र भर्खरै फलो गरेकाहरुले देख्न नसक्ने बनाउँछ।
यो फिचर थुप्रै व्यक्तिहरुमार्फत् आउने गालीगलोजजन्य मेसेज रोक्नका लागि डिजाइन गरिएको इन्स्टाग्रामले जनाएको छ।
कम्पनीले विशेष गरी २०२० यूरो कपको फाइनलका बेला आएका रंगभेदी विभेद तथा गालीगलाैजको उदाहरण दिँदै यस्ता गतिविधि रोक्न यो फिच् ल्याएको जानकारी दिएको छ।
उक्त फाइनलमा इटलीले इङल्यान्डलाई पेनाल्टी शूट आउटमा हराएपछि अश्वेत खेलाडीहरुले मैदानमै तथा सामाजिक सञ्जालमा रंग तथा जातिभेदजन्य गालीगलोजको बाढी नै खेप्नुपरेको थियो।
प्रकाशित: २८ श्रावण २०७८, बिहीबार