
काठमाडौं ।
डिजिटल भुक्तानी प्लेटफर्म मोरुले डिजिटल कारोबारमा महिलाहरुको सहभागिता बढाउने उद्देश्यले ‘१०० पर्सेन्ट मोर सुपरवुमन बोनस’ अफर सार्वजनिक गरेको छ।
डिजिटल भुक्तानी प्लेटफर्ममा महिलाहरुको सहभागिता ज्यादै न्यून देखिएकाले उनीहरुलाई ‘डिजिटल आन्दोलन’ का क्षेत्रमा प्रोत्साहन गर्नका लागि यो योजना ल्याइएको कम्पनीले जनाएको छ।
कम्पनीमा पनि ६० प्रतिशत कर्मचारी रहेका मोरुले ल्याएको यो सुपरवुमन बोनस अन्तर्गत मोबाइल टप अप, टीभीको बिल भुक्तानी साथै डाटा तथा प्याक खरिद गर्दा पाउने बोनसमा त्यति नै रकम थप गरिदिने भएको हो।
मोबाइल टप अपको स्ट्यान्डर्ड बोनस ३ प्रतिशत तोकिएको छ। यसरी हेर्दा यो अफरमा जाँदा सुपरवुमनले ३%+३% गरेर ६ प्रतिशत हुनेछ। यही हिसाब अन्य सेवाहरुमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
प्रकाशित: २८ श्रावण २०७८, बिहीबार