स्याटेलाइट इन्टरनेट कम्पनी वनवेबमा दक्षिण कोरियाली ‘हान्वा’ समूहको ३० करोड डलर लगानी

  • Technology Khabar | २८ श्रावण २०७८, बिहीबार
स्याटेलाइट इन्टरनेट कम्पनी वनवेबमा दक्षिण कोरियाली ‘हान्वा’ समूहको ३० करोड डलर लगानी

काठमाडौं ।

दक्षिण कोरियाको हान्वा नामक देशको सबैभन्दा ठूलो समूह मध्ये एकले बेलायत समर्थित स्याटेलाइट इन्टरनेट कम्पनी वनवेबमा लगानी गरेको छ ।

वनवेबमा लगानी गर्ने पछिल्लो कम्पनी बन्दै प्राइभेट इक्विटीअन्तरगत ३० करोड डलर लगानी गरेर ८.८ प्रतिशत हिस्सेदारी लिएको फाइनान्सियल टाइम्सले जनाएको छ।

यो लगानीसहित वनवेबले कुल २.७ अर्ब डलर पुर्याएको छ किनकि वनवेलाई गत वर्ष बेलायती सरकार र भारतको भारती ग्लोबलले संयुक्त रूपमा १ अर्ब डलर बोली लगाएर टाट पल्टिनबाट बचाएको थियो।

वनवेबले विश्वभर ब्रोडब्यान्ड सेवा प्रदान गर्नको लागी पृथ्वीको तल्लो कक्षमा ६४८ स्याटेलाइट(उपग्रह) हरुको एक कन्स्टलेसन तयार गर्ने लक्ष्य राखेको छ। इलन मस्कको स्टारलिंकसंगै, यसले लो अर्बिटका स्याटेलाइटहरुबाट तिब्रगतिको  इन्टरनेट उपलब्ध गराउने बजारमा प्रतिस्पर्धा गरिरहेको छ ।

हान्वा (Hanwha)को लगानी वनवेबको ३.४ अर्ब डलरको मूल्यांकनसहित आएको हो र हालको लगानी राउन्डको लागी एक प्रीमियममा लगानी गरेको थियो ।

फाइनान्सियल टाइम्सका अनुसार समग्रमा, भारतीले हान्वाको लगानीपछि लगभग ३५ प्रतिशत हिस्सेदारीको लागी १ अर्ब डलर लगानी गरेको छ। बेलायत सरकार, जसले बेलआउट मा ५० करोड डलर लगानी गरेको छ, मात्र २० प्रतिशत शेयर रहनेछ । यसका साथै फ्रान्सेली स्याटेलाइट अपरेटर इयूटेलस्याटले यस बर्षको शुरूमा ५५ करोड डलर लगानी गरेको थियो।

हान्वाले आफ्नो डिफेन्स सिस्टम डिभिजन हान्वा सिस्टमको माध्यमबाट लगानी गरीरहेको छ । गत वर्ष यस ग्रुपले फेजर सलुसन नामक एक बेलायती स्याटेलाइट एन्टेना स्टार्ट-अपलाई अधिग्रहण गरेको थियो। समूहका लागि वनवेबको बोर्डमा एक सीट हुनेछ।

हान्वाको लगानीलाई बेलायती सरकार र भारती ग्रुपले समेत स्वागत गरेको छ ।

वेनवेबका हाल कक्षमा २५४ स्याटेलाइटहरु छन् र यो बर्षको अन्त्यसम्म उत्तरी क्षेत्रहरुमा एक सीमित वाणिज्यिक सेवा र २०२२ को अन्त्यसम्म विश्वभर प्रस्ताव गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: २८ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...