
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्रान्ड वनप्लसले गत जुलाइको शुरुवातमा एन्ड्रोइड ११ मा आधित अक्सिजनओएस ११ को पहिलो बिटा वनप्लस ६ र ६ टी का लागि सार्वजनिक गरेको थियो।
यी फोनमा दुइ ओटा बिटा अपडेट उपलब्ध भएका थिए जसमध्ये पछिल्लो भर्सन दुई दिन अघि मात्र सार्वजनिक भएको थियो।
आज भने कम्पनीले यी दुई फोनका लागि एन्ड्रोइडको अन्तिम स्टेबल भर्सन उपलब्ध गराउने भएको हो।
यो रोल आउट पहिले झैं शुरुमा केही निश्चित डिभाइसहरुमा मात्र उपलब्ध हुने र केही समस्या आएको खण्डमा समाधान गरेर बिस्तारै योजनामा रहेका सबै डिभाइसहरुमा उपलब्ध गराइने छ।
प्रकाशित: २८ श्रावण २०७८, बिहीबार