चिप अभावका कारण फोर्डको ‘मच-ई’ इलेक्ट्रिक भेहिकलको डेलिभरीमा ढिलाई

  • Technology Khabar | २८ श्रावण २०७८, बिहीबार
चिप अभावका कारण फोर्डको ‘मच-ई’ इलेक्ट्रिक भेहिकलको डेलिभरीमा ढिलाई

काठमाडौं ।

विश्वव्यापी चिप अभावका कारण सबै प्रकारका उद्योगहरुमा समस्या पैदा भईरहेको कारणले अटोमेकर फोर्डले आफ्नो ‘मच-ई’ इलेक्ट्रिक भेहिकलको ढुवानीमा ढिलाई गरिरहेको छ।

कम्पनीले यसबाट प्रभावित मालिकहरुलाई उनीहरुको डेलिभरी कम्तीमा ६ हप्ता ढिलो हुने बताएको छ।

ढिलाइको कारणले गर्दा फोर्डले  थप २५० किलोवाटको होम चार्जर अफर गरिरहेको छ जुन ७०० माइलको ड्राइभिङ्गको लागी उपयुक्त हुनसक्दछ। त्यो स्ट्याण्डर्ड चार्जरका साथमा मच ईका मालिकहरुलाई आफ्नो इभीसंग दोब्बर फाइदा प्राप्त हुनेछ।

इलेक्ट्रेकको अनुसार, यो ढिलाइले जुलाई ५ र अक्टोबर १ को बीच उत्पादन हुने निर्धारित गरीएको इलेक्ट्रिक भेहिकल प्रभावित हुने छन् ।

“हामी तपाइँलाई यो जानकारी दिन चाहन्छौं कि जब हामी तपाइँको आफ्नै मस्टाङ्ग मच-ई गाडी प्रदान गर्न निरन्तर काम गरिरहेका छौं, हामी तपाइँको गाडीको डेलिभरी कम्तीमा ६ हप्ता ढिलो हुने अनुमान गर्दछौं।”फोर्डले ग्राहकहरुलाई एउटा ईमेलमा लेखेका छन्, “एक पटक तपाईँको वाहनले आवश्यक चिप प्राप्त गरेसँगै, तपाईँको भेहिकलको स्थिति अपडेट हुनेछ, र तपाईँले एक अनुमानित डेलिभरी साताको वितरणको साथ एक ईमेल प्राप्त गर्नुहुनेछ।”

सेमिकण्डक्टरको अभावले हालैका महिनाहरुमा उत्पादनहरुको एक विस्तृत श्रृंखलामा नै असर पारेको छ। यसले ईभी र अन्य सवारी साधनहरुसंगै गेम कन्सोल, ग्राफिक्स कार्ड, स्मार्टफोन, एप्पलका उत्पादन र अन्य सामानहरु प्रभावित भएका छन्।

प्रकाशित: २८ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...