६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी ह्याक गर्ने ह्याकरद्धारा क्रिप्टोकरेन्सी फिर्ता गर्दै

  • Technology Khabar | २८ श्रावण २०७८, बिहीबार
६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी ह्याक गर्ने ह्याकरद्धारा क्रिप्टोकरेन्सी फिर्ता गर्दै
सांकेतिक तस्बिर

काठमाडौं ।

अहिलेसम्मको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी चोरी गरेका ह्याकरहरुले चोरेकोमध्ये करिब आधा रकम फिर्ता गरेका छन् । ह्याकरहरुले ६० करोड डलर भन्दा धेरै रकम मध्ये लगभग आधा फिर्ता गरेका हुन् ।

यो अहिलेसम्मको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी चोरी तथा ह्याक मध्येको एक भएको बताईएको छ।

साइबर अपराधीहरूले पोली नेटवर्कमा एक जोखिमको दूरुपयोग गरेर क्रिप्टो मुद्रा चोरेका थिए, यो एक प्लेटफर्म हो जसले बिभिन्न ब्लकचेनहरुलाई जोड्ने गर्दछ ताकि उनीहरु मिलेर काम गर्न सकून्।

पोली नेटवर्क एक विकेन्द्रीकृत वित्तीय प्लेटफर्म (डेफी) हो। डेफी (DeFi) एक व्यापक शब्द हो जसले ब्लकचेन टेक्नोलोजीको आधारमा संचालन हुने वित्तीय एप हो जसले बिचौलियाहरुलाई रोक्नको लागी काम गर्दछ। तसर्थ, यसलाई विकेन्द्रीकृत भनिन्छ।

पोली नेटवर्कले मंगलबार साइबर आक्रमणको खुलासा गरेको थियो र ह्याकरहरुसंग सम्पर्क स्थापित गर्न आग्रह गरी उनीहरुलाई “ह्याक गरिएको सम्पत्ति फिर्ता गर्न” आग्रह गरेको थियो।

नेटवर्कले ट्विटरमा यस बारेमा आफ्नो भनाई राख्दै ह्याकरलाई क्रिप्टोकरेन्सी फिर्ता गर्न अनुरोध गरेको थियो ।

पोली नेटवर्कलेपछि ह्याकरहरुलाई चोरी भएको रकम फिर्ता गर्न आग्रह गरी यसको धेरै डिजिटल ठेगानामा क्रिप्टोकरेन्सी फिर्ता गर्न भनेको थियो भने कानूनी कारबाही गर्ने योजना बनाएको उल्लेख गरेको थियो।

ह्याकरले नेटवर्कबाट ईथेरियम, शिवा नू र अन्य क्रिप्टोकरेन्सी चोरेको थियो ।

बुधवार घटनाहरुको एक अनौठो मोडमा, ह्याकरहरु उनीहरुले चोरी गरेको कोषको केहि फिर्ता गर्न थालेको सिएनबीसीले जनाएको छ।

उनीहरुले एक क्रिप्टोकरेन्सी लेनदेनमा एम्बेडेड पJली नेटवर्कलाई एउटा सन्देश पठाए कि उनीहरु कोषमा क्रिप्टोकरेन्सी फिर्ता गर्न तयार छन्। डेफि प्लेटफर्मले पैसा तीन क्रिप्टो ठेगानामा पठाउन अनुरोध गरेको छ।

लण्डन समयअनुसार मध्य दिनसम्म ह्याकरले  करिब २५ करोड ८० लाख डलर भन्दा धेरै क्रिप्टो मुद्रा फिर्ता गरेको छ। र संभवत सबै फिर्ता आउने अपेक्षा गरिएको छ । किनकि अनुसन्धानकर्ताहरुले चिनियाँ ह्याकरको सम्पूर्ण जानकारीहरु हासिल गरेर सार्वजनिक गरिसकेका छन् ।

नेटवर्कले ह्याक भएका क्रिप्टोकरेन्सीहरु अन्य प्रोसेस गर्न नसकियोस भनेर सुरक्षा उपायहरु अपनाएको बताएको छ।

यो पनि हेर्नुस्-

सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी ह्याकमा ६० करोड डलर चोरी

प्रकाशित: २८ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...