टीसीएलद्वारा पहिलो गुगल टीभी सेट सार्वजनिक

Technology Khabar २७ श्रावण २०७८, बुधबार

टीसीएलद्वारा पहिलो गुगल टीभी सेट सार्वजनिक
शाओमीले सार्वजनिक गरेको साइबरडग रोबोट

काठमाडौं ।

चिनियाँ कम्पनी टीसीएलले पहिलो गुगल टीभी सार्वजनिक गरेको छ। कम्पनीलाई हाइ इन्ड गुगलमा आधारित टीभी सार्वजनिक गर्न अपेक्षाकृत धेरै समय लाग्यो।

कम्पनीले निकालेको यो गुगल टीभी एन्ड्रोइड मात्र नभएको र यो मिड रेन्ज ५ सिरिज तथा हाइ इन्ड ६ सिरिजको रहेको बताइएको छ।

यसले टीभी तथा स्मार्ट होम डिभाइसका लागि ह्यान्ड्स फ्री गुगल असिस्टेन्ट पनि सपोर्ट गर्छ।

५ सिरिज शुरुवाती अप्शन हो तर यो ३ र ४ सिरिजभन्दा शक्तिशाली रहेको छ। ५०, ५५, ६५ र ७५ इन्च सिरिजमा एचडीआर१० तथा डल्बी भिजन एचडीआर पोर्ट गर्ने फोरके क्यूएलईडी प्यानल रहेको छ। यसबाहेक गेम मोड, ४ ओटा एचडएमआई पोर्ट दिइएको छ।

५ सिरिजको मूल्य ५९९.९९ देखि छ भने ७५ इन्तचको १२९९.९९ डलरसम्म पर्ने बुझिएको छ।

यस्तै ६ सिरिज ९४९.९९ डलरबाट शुरु भएर १७९९.९९ डलरसम्ममा उपलब्ध हुने बताइएको छ।

प्रकाशित: २७ श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया