क्रिप्टोकरेन्सी स्वीकार गर्ने पोर्चुगलको एमआई स्टोर तेस्रो पक्षको भएको शाओमीको भनाइ

  • Technology Khabar | २७ श्रावण २०७८, बुधबार
क्रिप्टोकरेन्सी स्वीकार गर्ने पोर्चुगलको एमआई स्टोर तेस्रो पक्षको भएको शाओमीको भनाइ

काठमाडौं ।

केही दिन अघि पोर्चुगलमा रहेको एमआई स्टोरले बिटक्वाइन, इथेरियम, टेथर तथा ड्याशजस्ता क्रिप्टोकरेन्सीमा भुक्तानी स्वीकार गर्ने खबर आएको थियो।

यो सेवा एमआईका स्मार्टवाच, स्मार्टफोन तथा स्मार्ट होम डिभाइसको खरिदमा उपलब्ध हुने खबरमा उल्लेख थियो।

उक्त खबरमा यो सेवा उक्त स्टोरले त्यस क्षेत्रमा डिजिटल सम्पत्तिमार्फत गर्ने भुक्तानीलाई सपोर्ट गर्ने उद्देश्यले स्विजरल्यान्डको क्रिप्टोकरेन्सी भुक्तानी सेवा प्रदायक यूट्रस्टको साझेदारीमा शुरु गरेको बताइएको थियो।

चिनियाँ कम्पनी शाओमी तथा चीन सरकारले नै क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाएकाले यो समाचार निकै आश्चर्यजनक बन्यो।

यसै विरोधाभासलाई चिर्न शाओमीका प्रवक्ताले केही दिन अघि वेबोमा एउटा विज्ञप्ति पोस्ट गर्दै पोर्चुगलमा रहेको क्रिप्टोकरेन्सीमार्फत भुक्तानी लिने भनिएको एमआई स्टोर कम्पनीको शाखा नभइ कुनै तेस्रो पक्षले खोलेको स्टोर भएको प्रस्टिकरण दिनुपरेको थियो।

प्रकाशित: २७ श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...