ग्यालेक्सी वाच ४ सिरिजमा सामसङको एक्जिनोस डब्लू९२० ५एनएम चिपसेट प्रयोग हुने

  • Technology Khabar | २६ श्रावण २०७८, मंगलवार
ग्यालेक्सी वाच ४ सिरिजमा सामसङको एक्जिनोस डब्लू९२० ५एनएम चिपसेट प्रयोग हुने

काठमाडौं ।

दक्षिण कोरियाली टेक जायन्ट सामसङले आफ्नो ग्यालेक्सी अनप्याक्ड इभेन्टको एक दिनअघि आफ्ना ग्यालेक्सी वेयरेबलहरुमा प्रयोग हुने एक्जिनोस डब्लू९२० चिपसेटका बारेमा आधिकारिक जानकारी दिएको छ।

यो चिपसेट अब आउँदै गरेको ग्यालेक्सी वाच ४ सिरिज तथा भविष्यमा आउने सामसङका अन्य वेयरेबलहरुमा प्रयोग गरिने कम्पनीले जनाएको छ।

यो ५एनएम प्रोसेसमा बनेको हो भने यसमा दुई ओटा एआर्एम कर्टेक्स-ए५५ कोर तथा एउटा एआरएम माली-जी६८ जीपीयूको संयोजन रहेको छ।

सामसङले यो चिपसेटले सीपीयूमा यसअघिको एक्जिनोस डब्लू९११० भन्दा २० प्रतिशत बढी सुधार गर्ने साथै पहिलेको तुलनामा १० गुणा बढी ग्राफिक्स बूस्ट गर्ने दावी गरेको छ। यसमा अलवेज-अन-डिस्प्ले व्यवस्थापनका लागि डेडिकेटेड कर्टेक्स एम५५ को-प्रोसेसर दिइएको पनि कम्पनीको भनाइ छ।

कनेक्टिभिटीका लागि यसमा फोरजी एलटीई क्याटगोरी ४ मोडेम र पोजिशनिङ तथा फिटनेस ट्र्याकिङका लागि जीएनएसएस सेन्सर राखिएको छ।

सामसङले यो नयाँ चिपसेटले सामसङले ह्वावेसँगको साझेदारीमा बनाएङ्को एकीकृत वेयरेबल प्लेटफर्म पनि सपोर्ट गर्ने बताएको छ।

प्रकाशित: २६ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...