शिक्षा क्षेत्रलाई प्रविधि मैत्री बनाईने अर्थमन्त्री शर्माको भनाई

  • Technology Khabar | २६ श्रावण २०७८, मंगलवार
शिक्षा क्षेत्रलाई प्रविधि मैत्री बनाईने अर्थमन्त्री शर्माको भनाई

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रलाई निरन्तरता दिन संरचनागत सुधार गर्दै प्रविधि मैत्री बनाईने बताएका छन् । उनले शहरी क्षेत्रमा अनलाइन कक्षा संचालन भएपनि ग्रामीण भेगमा संकटको अवस्था रहेको भन्दै यसलाई सुधार गरिने बताए।

अर्थमन्त्री शर्माले आज प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै शिक्षा क्षेत्रलाई प्रविधि मैत्री बनाईने बताएका हुन् ।

“यस्ता महामारी अझै आउने अवस्था देखिएको हुँदा संरचनागत सुधार, प्रविधिगत सुधार गरेर कक्षा संचालन गरिनुपर्छ,” उनले बैठकमा भने।

उनले आगामी दिनमा प्रविधिलाई आत्मसात गर्दै अगाडी बढ्ने बताए।

यसअघि अर्थमन्त्री शर्माले आफूले देशको वर्तमान आर्थिक अवस्थाको प्रतिवेदन पेश गरेका थिए र प्रतिस्थापन बजेट विधेयक ल्याउने घोषणा गरेका छन् ।

प्रकाशित: २६ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार