
काठमाडौं ।
खल्तीले नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा टिभिएसका सबै सवारी साधनहरुको किस्ता खल्तीबाटै तिर्न सकिने सुविधा ल्याएको छ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याईएको हो ।
खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौतामा हस्ताक्षर भए पश्चात ग्राहकहरुले जुनसुकै समयमा टिभिएसको मोटरसाईकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस्ता खल्तीबाट सिधै तिर्न सक्ने भएका छन्।
खल्तीले ग्राहकहरुको सहजताको लागि टिभिएस सोरुममा खल्ती क्यूआरहरु पनि सेट गरेका छ जस मार्फत ग्राहकहरुले युनियन पे सँग आवद्द बैंक तथा डिजिटल वालेटहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् ।
खल्तीबाट टिभिएस सवारीको किस्ता शुल्क भुक्तानी कसरी गर्ने ?
रु. ५००० भन्दा माथिको किस्ता तिर्नु परेमा प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ।
प्रकाशित: २६ श्रावण २०७८, मंगलवार