निशुल्क वाईफाईको चक्करमा ह्याकरको निशानामा पर्नुहोला, बच्नको लागी यी सुझावहरु पालन गर्नुहोस्

  • Technology Khabar | २६ श्रावण २०७८, मंगलवार
निशुल्क वाईफाईको चक्करमा ह्याकरको निशानामा पर्नुहोला, बच्नको लागी यी सुझावहरु पालन गर्नुहोस्

काठमाडौं ।

धेरै पटक जतिसक्दो चाँडो हामी हाम्रो फोनको वाईफाई खोल्छौं, त्यसबेला हामी धेरै नि: शुल्क वाईफाई उपकरणहरुमा जोडिएको हुन्छौं। हामी त्यस्ता वाईफाई बिना सोच सिधै प्रयोग गर्न शुरू गर्दछौं।

यो एक नि: शुल्क सेवा मात्र होईन ह्याकरहरुले राखेको एक जाल पनि हुनसक्छ र यसबाट अन्तत हामी समस्यामा पर्न सक्दछौं । ह्याकरहरुले यस मार्फत हाम्रो फोन ब्रेक गर्न सक्छन्।

यदि तपाईँ  नि: शुल्क वाईफाई सेवाको फाइदा ह्याकरहरुको निशाना नपरिकन नै लिन चाहानुहुन्छ भने हामी तपाइँलाई एउटा ट्रिक बताउन जाँदैछौं, जसको मद्दतले तपाईँ यो वाईफाईको उपयोग गर्न सक्नुहुन्छ र ह्याकरहरुबाट पनि बच्न सक्नुहुन्छ। हेर्नुहोस् यो कसरी सम्भव छ ।

ह्याकरहरुबाट बच्नको लागी यी चरणहरु पालना गर्नुहोस्ः

  • ह्याकरहरुबाट बच्नको लागी, तपाईँको फोनको सेटिंग्समा जानुहोस् र कनेक्सन्समा क्लिक गर्नुहोस्।
  • अब वाईफाईमा ट्याप गर्नुहोस्। अब यसको भित्र तीन बिन्दुहरुमा क्लिक गर्नुहोस् र सेटिंग्समा क्लिक गर्नुहोस् त्यसपछि अब एडभान्समा जानुहोस्।
  • अब तपाईँले एडभान्समामा क्लिक गर्नासाथ धेरै विकल्पहरु देखा पर्नेछन्, जसमध्ये तपाइँले संदिग्ध सञ्जालहरु पत्ता लगाउनुस् (Detect Suspicious Networks) खोल्नु पर्छ।
  • ध्यान राख्नुहोस् जब तपाइँ आफ्नो फोनलाई कुनै पनि वाईफाईमा जोड्नुहुन्छ, यो सेटिंग सधैं अन राख्नु पर्छ।

नि: शुल्क सार्वजनिक वाईफाईको उपयोगबाट बच्नुहोस्

यदि तपाइँ एक सार्वजनिक ठाउँमा हुनुहुन्छ भने सकेसम्म नि: शुल्क वाईफाई वा सार्वजनिक वाईफाईको उपयोग सकेसम्म नगर्नुहोस्। धेरै सुरक्षा भंग अर्थात सेक्यूरिटी ब्रिचका घटनाहरु सार्वजनिक वाईफाईको माध्यमबाट गरिन्छ। ह्याकरहरुले सजिलैसंग सार्वजनिक वाईफाईको माध्यमबाट तपाइँको स्मार्टफोन को उपयोग गर्न सक्छन्। पब्लिक वाईफाई चलाएर अनलाइन कारोबार जस्ता सेवाहरुको उपयोग नगर्नुहोस् ।

प्रकाशित: २६ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...