मोटोरोला एज २० फ्युजन अगस्ट १७ मा सार्वजनिक हुने

  • Technology Khabar | २६ श्रावण २०७८, मंगलवार
मोटोरोला एज २० फ्युजन अगस्ट १७ मा सार्वजनिक हुने

काठमाडौं ।

मोटोरोला इन्डियाले आफ्नो एज २० स्मार्टफोन स्थानीय बजारमा सार्वजनिक गर्ने भएको छ।

कम्पनी आगामी हप्ता अर्थात् अगस्ट १७ का दिन उक्त डिभाइस सार्वजनिक गर्ने तालिका बनाएको छ।

यो डिभाइसलाई भारतको सबैभन्दा पातलो फाइभजी फोनको रुपमा पनि लिइएको छ। यसको मोटाइ जम्मा ६.९९ मिलिमिटरको रहेको छ।

यो स्मार्टफोन फ्लिपकार्टमा उपलब्ध हुनेछ भने कम्पनीको अर्को स्मार्टफोन मोटोरोला एज २० फ्युजन पनि त्यसैदिन सार्वजनिक हुने बुझिएको छ।

यो यसअघिको मोटोोरोला एज २० लाइट ग्लोबल भर्सनको रिब्रान्डेड भेरियन्ट हुने बुझिएको छ। तर यसमा अघिल्लो भर्सनमा भएको डाइमेन्सिटी ७२० को सट्टा डाइमेन्सिटी ८०० यू चिपसेट रहनेछ।

यो डिभाइसका बारेमा अन्य जानकारी उपलब्ध छैन।

प्रकाशित: २६ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार