काठमाडौं मेडिकल कलेजमा ‘रोबटिक सर्जरी’ सेवा सुरू

  • Technology Khabar | २३ श्रावण २०७८, शनिबार
काठमाडौं मेडिकल कलेजमा ‘रोबटिक सर्जरी’ सेवा सुरू

काठमाडौं ।

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ‘रोबटिक सर्जरी’ सुरू गरेको छ। केएमसीले पत्रकार सम्मेलन गरेर नेपालमै पहिलो पटक ‘रोबटिक सर्जरी’ थालिएको जानकारी दिएको हो।

केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले रोबटिक सर्जरी सुरू गरेर केएमसीले नेपालको न्युरो सर्जरी क्षेत्रमा नयाँ आयाम थपेको बताए।

रोबटिक सर्जरीबाट भरपर्दो उपचारको थालनी भएकाले यसबाट बिरामीहरूलाई धेरै राहत मिल्ने बताईएको छ ।

‘रोबटिक सर्जरी’ मा चिकित्सकले बनाएको अप्रेसन योजनामा रोबटको सहायता लिएर अप्रेसन गर्ने गरिन्छ। रोबोटको सहायताले सुक्ष्म एवं जटिल शल्यक्रिया गर्न सहज हुनेछ । रोबोटिक सर्जरीमा चिकित्सकले बनाएको अप्रेशन योजनामा रोबोटको सहायता लिएर अप्रेशन गर्ने गरिन्छ ।

रोबोटिक सर्जरीका लागि कलेजले अमेरिकाबाट १० करोडको मेसिन खरिद गरेको जनाएको छ।

प्रकाशित: २३ श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार