सीजी नेटको इन्टरनेट सेवा सतुंगलमा पुग्यो, उपत्यकाभर क्रमशः बिस्तार गर्दै

  • Technology Khabar | २३ श्रावण २०७८, शनिबार
सीजी नेटको इन्टरनेट सेवा सतुंगलमा पुग्यो, उपत्यकाभर क्रमशः बिस्तार गर्दै

काठमाडौं ।

सीजी नेटले आफ्नो इन्टरनेट सेवा सतुंगलमा बिस्तार गरेको छ । कम्पनीले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र सेवा बिस्तार गर्ने क्रममा सतुंगलमा सेवा पुर्याएको हो।

स्मरणरहोस सतुंगलमा सीजीको कार्यालय, वेयरहाउस तथा फ्याक्ट्री समेत रहेको छ।

कम्पनीले यसपछि क्रमशः महाराजगंज, बालाजु, छाउनी, कोटेश्वर र कलंकीमा सेवा बिस्तार गर्ने योजना लिएको छ।

सीजी कम्युनिकेसन्स लिमिटेडले यहि जेठ १८ गतेदेखि सीजी नेट नाममा आफ्नो इन्टरनेट सेवा शुरु गरेको थियो। कम्पनीले १२० एमबीपीएसको तिब्रगतिको इन्टरनेट सेवा हाल ९९९ रुपैयाँमा नै ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको छ।

‘स्पीड द्याट म्याटर्स’ (Speed That Matters) भन्ने मुल थिमका साथमा कम्पनीले न्यूनतम १२० एमबीपीएसको स्पीडमा इन्टरनेट सेवा उपलब्ध गराईरहेको छ।

प्रकाशित: २३ श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार