प्रभु बैंकले ल्यायो मेशिनबाटै खातामा पैसा जम्मा गर्न सकिने सेवा

  • Technology Khabar | २२ श्रावण २०७८, शुक्रबार
प्रभु बैंकले ल्यायो मेशिनबाटै खातामा पैसा जम्मा गर्न सकिने सेवा

काठमाडौं ।

प्रभु बैंकले मेशिनबाटै खातामा पैसा जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै बैंकले क्यास रिसाइकल मेशिन (सीआरएम) बाट बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।

साउन २२ गतेबाट सञ्चालनमा ल्याएको सेवासँगै अब क्यास रिसाइकल मेसिन (सीआरएम) बाट आफुले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने छ।

मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको छ ।

मेशिनबाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं। टाइप गर्नासाथ उक्त मेशिनमा रकम जम्मा गर्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखेपछि तत्कालै रकम जम्मा हुन्छ । तत्कालै भौचर प्रिन्ट हुन्छ।

साथै, उक्त मेशिनबाट डेबिट क्रेडिट कार्डको माध्यमबाट समेत आफुले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ। यो सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुको लागि मात्र उपलब्ध हुनेछ ।

नेप्ससँग सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यबस्था मिलाईने बैंकले जनाएको छ। यसबाट ग्राहकको समयको बचत हुनेछ, बैंकको नगद काउण्टरमा उपस्थित भई अनावश्यक भिडभाडबाट उन्मुक्ति मिल्ने बैंकले जनाएको छ ।

प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २२ श्रावण २०७८, शुक्रबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २२ श्रावण २०७८, शुक्रबार

NOC from Nagarik App

  • २२ श्रावण २०७८, शुक्रबार

E-pension verification system launched

  • २२ श्रावण २०७८, शुक्रबार