हेल्लो सरकारमा दैनिक ५० वटा गुनासो दर्ता

  • Technology Khabar | २२ श्रावण २०७८, शुक्रबार
हेल्लो सरकारमा दैनिक ५० वटा गुनासो दर्ता

काठमाडौं ।

हेल्लो सरकारमा दैनिक ५० वटा गुनासो दर्ता हुने गरेको छ। यसमा ११ हजार ४९ वटा गुनासो दर्ता भएको छ भने सात हजार १३२ वटा हेल्लो सरकार कक्षबाट गुनासोको फर्छ्यौट भएको छ । जनताको गुनासो सुन्ने सरकारी पोर्टल हेल्लो सरकार २०७६ साल साउन १ गतेदेखि सञ्चालनमा छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय अन्तर्गत रहेको हेल्लो सरकार गुनासो सुन्ने अधिकारीक सरकारी पोर्टल हो । मुलुकमा जनचेतनामूलक कार्यक्रम र प्रहरीको सक्रियतासँगै गुनासो दर्ताको क्रम पनि बढेको छ ।

हेल्लो सरकारका प्रमुख छवि पाण्डेका अनुसार अहिले स्वास्थ्यसँग सम्बन्धित गुनासोको सङ्ख्यामा वृद्धि भएको छ । उनले भने,“ अहिले कोरोनाका कारण स्वास्थ्यसँग सम्बन्धित गुनासो बढेको छ ।” हेल्लो सरकारमा सरदर दैनिक ५० वटा गुनासो दर्ता हुने गरेको छ ।

३ हजार ९२० वटा गुनासो पेन्डिङमा छ । प्रमुख पाण्डेले भने,“ हेल्लो सरकारमा आएको गुनासो हामीले सम्बन्धित ठाउँमा पुर्याइदिने हो, गुनासोको प्रकृति हेरेर सम्बन्धित कार्यलयले अगाडि बढाउने वा नबढाउने गरेको हुनाले पेन्डिङमा रहन जान्छ ।”

सरकारको गुनासो सुन्ने पोर्टल हेल्लो सरकारको कक्षबाट अहिलेसम्म सात हजार १२८ वटा अर्थात् ६४.५२ प्रतिशत गुनासो फछ्र्यौट भइसकेको छ ।

हेल्लो सरकारमा आएको गुनासोको प्रकृति हेरेर एक दिनमा समस्याको समाधान भएको छ भने कुनै छानविनका क्रममा महिनौं लाग्ने गरेको प्रमुख पाण्डेले बताए। उनले भने,“ हत्या, हिंसा लुटपाट जस्ता गम्भिर प्रकृतिका घटना हो भने फर्छ्यौट गर्न समय लाग्छ साधारण खालको गुनासो छ भने छिट्टै समाधान हुन्छ।”

हेलो सरकारमा ११ हजार ४८ वटा गुनासाहरु ताजा अवस्थामा छन् । हेल्लो सरकार कक्षबाट फर्छ्यौट भएको गुनासोको सङ्ख्या सात हजार १२८ छ। सम्बन्धित निकायबाट समाधान भएको गुनासोको संख्या २८२ छ जसमा सम्बन्धित निकायबाट प्रसोधन/अनुसन्धान हुँदै गरेको गुनासोको संख्या एक हजार ४४३ रहेको छ भने सम्बन्धित निकायबाट हेरिएको तर कार्य प्रक्रियामा नगएको गुनासोको सङ्ख्या १०६५ रहेको छ । सम्बन्धित निकायबाट नहेरिएको गुनासोको ११३० वटा छ ।

त्यस्तै, धेरै गुनासो प्राप्त भएका कार्यालयहरुमा राष्ट्रिय सूचना प्रविधि केन्द्रको एक हजार ७५६ वटा गुनासा छन् । प्रहरी प्रधान कार्यालयको छ सय ८७ वटा गुनासा छन् । नेपाल विद्युत प्राधिकरणको ३८५ वटा गुनासा छन् ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), केन्द्रीय कार्यालयको ३१३ वटा गुनासो रहेको छ भने यातायात व्यवस्था विभागको २४६ वटा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दुई सय ४५ वटा गुनासा छन् ।

हेल्लो सरकारमा आउने गुनासोहरुमा वेबसाइटमा समस्या, सोधपुछसम्बन्धी, कार्यालय अभिलेख-रेकर्डसम्बन्धी गुनासो, सुझावसम्बन्धी, विद्युतसम्बन्धी गुनासो, खानेपानी सम्बन्धी गुनासाहरु छन् । यी गुनासा राष्ट्रिय, अन्र्तर्राष्ट्रिय फोन, फेसबुक, इमेल, आइएमओ, स्क्याप, भाइबर, फ्याक्स, चिठीपत्रमार्फत आउने गरेको प्रमुख पाण्डेले बताए । गोरखापत्र अनलाइन

प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २२ श्रावण २०७८, शुक्रबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २२ श्रावण २०७८, शुक्रबार

NOC from Nagarik App

  • २२ श्रावण २०७८, शुक्रबार

E-pension verification system launched

  • २२ श्रावण २०७८, शुक्रबार