स्टारहबको डाटा तोडमोड, सिस्टम केही नभएको कम्पनीको दावी

  • Technology Khabar | २२ श्रावण २०७८, शुक्रबार
स्टारहबको डाटा तोडमोड, सिस्टम केही नभएको कम्पनीको दावी

काठमाडौं ।

स्टारहबले आफ्ना उपभोक्ताको मोबाइल नम्बर, इमेल ठेगाना लगायतका व्यक्तिगत तथ्याङ्कहरु तोडमोड भएको जनाएको छ।

सिंगापुरको दूरसञ्चार सेवा प्रदायकले यी विवरणहरु एउटा वेबसाइटमा देखा परेको तर आफ्ना कुनै पनि कस्टमर डाटाबेस वा सिस्टममा अनधिकृत पहुँच नबनाइएको दावी गरेको छ।

उक्त तथ्याङ्क तोडमोडको घटना गत जुलाइ ६ का दिन कम्पनीको साइबार सुरक्षा टोलीले गरेको एउटा अनलाइन निगरानीका क्रममा भेटिएको स्टारहबले आज एक विज्ञप्तिमार्फत जानकारी दिएको हो।

आफ्नो वेबसाइटमा उक्त घटनाबारे उपभोक्ताहरुलाई जानकारी दिँदै कम्पनीले यसको अध्ययन र यसबाट पुगेको असरको आकलन गर्न सयम लाग्ने भएकाले पहिले सार्वजनिक नगरेको खुलाएको छ। तर सम्बद्ध अधिकारीलाई भने तत्काल जानकारी दिइएको पनि प्रस्ट्याइएको छ।

स्थानीय सञ्चारमाध्यमलाई दिइएको विज्ञप्तिअनुसार स्टारहबले एउटा तेस्रो पक्षको वेबसाइटमा चोरिएका डाटासहितको अवैध रुपमा अपलोड गरेको फाइल भेटिइको बताएको छ।

उक्त फाइलमा सन्२००७ देखि स्टारहबसँग जोडिएका ५७ हजारभन्दा बढी उपभोक्ताको मोबाइल नम्बर, इमेल ठेगाना तथा परिचय पत्र नम्बरहरु देखिएको कम्पनीले जनाएको छ। स्टारहबले सिंगापुरमा ब्रोडब्यान्ड तथा मोबाइल बाहेक टीभी सेवा पनि दिँदै आएको छ।

प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २२ श्रावण २०७८, शुक्रबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २२ श्रावण २०७८, शुक्रबार

NOC from Nagarik App

  • २२ श्रावण २०७८, शुक्रबार

E-pension verification system launched

  • २२ श्रावण २०७८, शुक्रबार