काठमाडौं ।
भारतीय अनलाइन सपिङ्ग बजारमा रिलायन्स र फ्युचर रिटेल (एफआरएल) लाई ठूलो धक्का लागेको छ। सर्वोच्च अदालतले अमेजनको पक्षमा फैसला सुनाउँदै फ्यूचर रिटेल लिमिटेडको ३.४ अर्ब अमेरिकी डलर (करिब २४ हजार करोड भारु) को सम्झौतामा रिलायन्स रिटेलसँग मर्ज गर्न रोक लगाएको छ।
अदालतले शुक्रबार सो मुद्धामा फैसना सुनाएको हो । यो निर्णय पछि, रिलायन्स को शेयर १.३३ प्रतिशत सम्म घटेको छ।
सर्वोच्च अदालतले भन्यो, “रिलायन्स रिटेलसंग फ्यूचर रिटेलको मर्जर सम्झौता रोक्ने निर्णय वैध र भारतीय कानूनहरुको अनुसार लागू गर्न योग्य छ। सिंगापुरमा आपतकालीन मध्यस्थता (इमरजेन्सी आर्बिट्रेशन) को निर्णय भारतमा लागू हुन्छ।”
आपतकालीन मध्यस्थताले सो सम्झौता रोकिएको थियो। अमेजन यस मर्जर सम्झौता को विरोधमा रहँदै आएको छ र सोही अनुसार मुद्धा दायर गरेको थियो।
अमेजन यस सम्झौताको बिरुद्धमा
अमेरिकी ई-रिटेल कम्पनी अमेजन २४,७१३ करोड भारुको यो सम्झौताको बिरुद्धमा छ। अमेजन भन्दछ, “सिंगापुरमा आपतकालीन मध्यस्थताकर्ताले यस सम्झौतालाई रोक लगाएको छ। यस कारण, फ्यूचरले रिलायन्ससंग मर्ज गर्न सक्दैन।”
यसअघि दिल्ली उच्च अदालतले फ्यूचर रिटेललाई आपतकालीन मध्यस्थको आदेश पालना गर्न भनेको थियो। यस कारण मर्जर सम्झौता खतरामा थियो। तर फ्यूचरले सर्वोच्च अदालतमा तर्क गर्दै भारतीय कानूनमा यस्तो आपतकालीन अन्तर्राष्ट्रिय मध्यस्थताको कुनै मान्यता नभएको जिकिर गरेको थियो।
वास्तवमा, अमेजनले दिल्ली उच्च अदालतको आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेको थियो, जसले रिलायन्स-एफआरएल सम्झौतालाई मंजूरी दिएको थियो। मध्यस्थता र मेलमिलापमा भारतीय कानून अन्तर्गत आपतकालीन मध्यस्थताको कुनै अनुमान छैन र त्यो आशयको कुनै मध्यस्थता सम्झौता थिएन भन्ने एफआरएलको प्रतिनिधित्व गर्दै साल्वेले तर्क गरेका थिए।
रिलायन्स रिटेलले एक बर्ष पहिले यो फ्यूचर ग्रुपसंग पछिल्लो रिटेल र थोक बिक्रेता बिजनेस, साथसाथै यसको लजिस्टिक र वेयरहाउजिङ्ग बिजनेस मर्ज गर्न ३.४ अर्ब डलरमा एक सम्झौतामा पुगेको घोषणा गरेको थियो ।
फ्युचर ग्रुपको एक इकाईमा लगानी गरेको अमेजनले भारतीय फर्मलाई आफ्नो सम्झौता उल्ल्घन गरेको आरोप लगायो र यो सम्झौता रोक्न सिंगापुर मध्यस्थता पुगेको थियो।
अमेजनको फ्यूचर रिटेलसँगको सम्झौताले अमेरिकी ई-कमर्स जायन्टलाई फ्यूचर रिटेलमा अधिक शेयर किन्न अस्वीकार गर्ने पहिलो अधिकार दिएको थियो, अमेजनले तर्क दिए।
फ्यूचर रिटेलले भारतमा ४०० शहरहरुमा १,७०० आउटलेटहरु सञ्चालन गर्दछ।
विश्वको दोस्रो ठूलो जनसंख्या भएको छिमेकी देश भारतमा अमेजन, वालमार्टको फ्लिपकार्ट र अम्बानीको रिलायन्स इन्डस्ट्रीज जुन भारतको सबैभन्दा मूल्यवान फर्म बिच भारतीय खुद्रा बजार कमाण्ड गर्न कडा प्रतिस्पर्धामा रहेका छन् ।
प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार