काठमाडौं ।
वैदेशिक रोजगार बोर्डले बोर्डमार्फत पाइने आर्थिक सहायताका लागि व्यक्ति आफैँले निवेदन दिन मिल्ने गरी अनलाइन प्रणाली विस्तारको गर्ने भएको छ ।
गत वर्षदेखि पालिकामार्फत कागजी निवेदन लिने व्यवस्था गर्दै आएकामा बोर्डले अब भने दाबी गर्ने व्यक्तिले नै अनलाइनमार्फत आवेदन दिनसक्ने व्यवस्था मिलाएको हो । त्यसका लागि कार्यविधि तयार पारी स्वीकृतिका लागि मन्त्रालय पठाइएको छ ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले कानुनअनुसार बोर्डबाट प्राप्त गर्ने सबै सेवासुविधा अनलाइनबाट पाउने गरी अनलाइन प्रणालीको विकास भइरहेको जानकारी दिए ।
उनले भने, “यस प्रकारको प्रविधि सञ्चालनका लागि बोर्डले कार्यविधिको मस्यौदा बनाएर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएका छौँ । गोरखापत्र
प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार