
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले गत फेब्रुअरीमा एन्ड्रोइड १० मा आधारित रियलमी यूआई १.० सहित नार्जो ३० प्रो फाइभजी सार्वजनिक गरेको थियो।
अब भने कम्पनीले उक्त डिभाइसमा एन्ड्रोइड ११ मा आधारित रियलमी यूआई २.० को स्टेबल भर्सन अपग्रेड उपलब्ध गराउने भएको हो।
यो नयाँ अपडेटले रियलमी नार्जो ३० प्रो फाइभजीमा नयाँ रियलमी यूआई २.० तथा च्याट बबल, नोटिफिकेशन हिस्ट्री, वन टाइम पर्मिशन तथा डार्क मोड स्टाइलजस्ता एन्ड्रोइड ११ का फिचरहरु उपलदब्ध हुनेछन्।
यसको चेन्जलग यस प्रकारको छ:

रियलमी यूआई २.० अपडेट फर्मवयर भर्सन आरएमएक्स२११७_११.सी.०३ का साथमा आउनेछ। यो अपडेट हाल भारतका रियलमी डिभाइसहरुमा भइरहेको छ भने यसमा केही समस्या नदेखिए छिट्टै बृहत् रुपमा उपलब्ध हुने आकलन गर्न सकिन्छ।
यो रियलमी यूआई २.० अपडेटका लागि तपाईँको नार्जो प्रो ३० फाइभजी डिभाइसमा फर्मवयर भर्सन RMX2111PU_11.A.35/RMX2111PU_11.A.37/RMX2111PU_11.A.39 चलिरहेको हुनु जरुरी छ।
प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार