‘स्टोरिज’ फिचरको परीक्षण गर्दै टिकटक

  • Technology Khabar | २१ श्रावण २०७८, बिहीबार
‘स्टोरिज’ फिचरको परीक्षण गर्दै टिकटक

काठमाडौं ।

टिकटकले ‘स्टोरिज’ फिचरको परीक्षण गरिरहेको बुझिएको छ। द भर्जलाई एउटा आधिकारिक इमेल पठाएर कम्पनीले स्टोरिज फिचरको परीक्षण थालेको पुष्टि गरेको हो।

केही समयअघि ट्विटरले भने आफ्नो फ्लीट्स नामको स्टोरिज फिचर बन्द गरेको थियो।

यो फिचरका बारेमा पहिलो पटक ट्विटरमा म्याट नाभारा भन्ने यूजरले पत्ता लगाएको र हाल यो फिचर अमेरिका बाहिरका थोरै व्यक्तिहरुबीच परीक्षण भइरहेको बताइएको छ।

टिकटक स्टोरिजले यसमा अहिले उपलब्ध डुएट्स, लाइभ र स्टिचजस्ता कुनै पनि त्यस्तै प्रकारको अन्य फिचरलाई विस्थापित नगर्ने कम्पनीको भनाइ छ।

‘हामी आफ्ना समुदायका लागि टिकटकको अनुभवलाई बढावा दिनका लागि सधैं केही नयाँ ल्याउने प्रयत्नमा हुन्छाैं। अहिले हामी सर्जकहरुलाई टिकटक समुदायसमक्ष आफ्ना सिर्जना पस्तुत गर्ने नयाँ प्लेटफर्मको परीक्षणमा छाैं,’ टिकटकका प्रवक्ताले द भर्जलाई बताए।

प्रकाशित: २१ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार