
काठमाडौं ।
जापानी स्टार्टअप कम्पनी आईस्पेसले सिरिज सी राउन्डको फन्डिक कार्यक्रममा चन्द्रयान अभियानका लागि ४ करोड ६० लाख डलर उठाएको छ।
कम्पनीले आगामी तीन वर्षभित्र तीन ओटा चन्द्रयान बनाइसक्ने लक्ष्यसहित काम गरिरहेको छ।
यो रकम उक्त मिशनको २०२३ र २०२४ मा बन्ने दोस्रो र तेस्रो यानका लागि खर्च गरिने बताइएको छ। पहिलो यान भने सन् २०२२ भित्रै यसअघिको फन्डिङबाट उठेको रकमले बनाउने योजना कम्पनीको छ।
यो सिरिज सी इनोभेशन इन्जिन, एसबीआई इन्भेस्टमेन्ट कम्पनी, काचुनोरी सागो र आइजावा इन्भेस्टमेन्टको अतिरिक्त फन्डिङमा जापानी इन्क्युबेट फन्ड्सले आयोजना गरेको थियो। आईस्पेसमा इन्क्युबेट फन्ड्सले सन् २०१४ देखि नै लगानी गर्दै आएको छ।
आईस्पेसको हालको फन्डिङ १९ करोड ५५ लाख डलर पुगेको छ।
कम्पनीले गत महिना सन् २०२२ मिशनका लागि आफूले जर्मनीको अन्तरिक्ष कम्पनी एरियनग्रुपको फ्यासिलिटीमा चन्द्रयान बनाउन शुरु गरेको बताएको थियो।
पहिलो मिशनको द-हाकुतो-आर नाम गरेको पहिलो चन्द्रयान पृथ्वीबाट प्रक्षेपण गरेकव ३ महिनामा चन्द्रमामा पुग्ने बताइएको छ। यो गर्दा अतिरिक्त आर्थिक भार घट्ने कम्पनीको बुझाइ छ।
यसले साउदी अरेबियाको मोहमद बिन रसिद अन्तरिक्ष केन्द्रका लागि २२ पाउन्डको रोभर, जापान एरोस्पेस एक्स्प्लोरेशन एजेन्सीको एउटा लुनर रोबोट तथा क्यानडाका तीन कम्पनीको पेलोड लिएर उड्नेछ। उक्त चन्द्रयान स्पेशएक्सको फाल्कन ९ रकेटमार्फत चन्द्रमामा पुग्नेछ।
प्रकाशित: २१ श्रावण २०७८, बिहीबार