
काठमाडौं ।
नेपाल टेलिकमको मोबाइलमा आज बिहानैदेखि रिचार्ज नहुने समस्या देखिएको छ। नेपाल टेलिकमको रिचार्ज गर्न समस्या हुँदा अनलाइन भुक्तानीमा असर परेको छ।
बिहीबार बिहान ५ बजेदेखि नै यस्तो समस्या देखिएको गुनासो प्रयोगकर्ताले गरेका छन्। रिचार्ज कार्डबाट भने रिचार्ज भइरहेको छ।
इसेवा, खल्तीलगायत वालेट तथा मोबाइल बैंकिङजस्ता माध्यमबाट भने रिचार्ज भएको छैन।
नेपाल टेलिकमले विद्युतीय माध्यमबाट रिचार्ज गर्ने हाम्रो टूलमा समस्या आएको हुँदा समाधानका लागि काम गरिरहेको जानकारी दिएको छ।
प्रकाशित: २१ श्रावण २०७८, बिहीबार