पोको सी३ स्मार्टफोन ९ महिनामा भारतमा २० लाख थान बिक्री

  • Technology Khabar | २१ श्रावण २०७८, बिहीबार
पोको सी३ स्मार्टफोन ९ महिनामा भारतमा २० लाख थान बिक्री

काठमाडौं ।

सार्वजनिक भएको ९ महिनाको अवधिमा चिनियाँ स्मार्टफोन ब्रान्ड पोको भारतमा २० लाख थान डिभाइस बिक्री गर्न सफल भएको छ।

गत जनवरीमा १० लाख थान फोन बिक्री गरेको बताएको कम्पनीले अगस्टको शुरुवातसम्म आइपुग्दा यो आँकडा २० लाख पुर्याएको हो।

गत वर्ष अक्टोबरमा सार्वजनिक भएको पोको सी३ ३ महिनामा १० लाख र ९ महिनामा कुल २० लाख थान बिक्री भएको तथ्याङ्क छ।

यसमा ठूलो ६.५३ एचडी+ एलसीडी डिस्प्लेका साथमा वाटर ड्रप नच रहेको छ। ४ जीबी र्याम र ५००० एमएएचको ब्याट्रीयुक्त यो फोनमा मिडियाटेकको हिलियो जी३५ चिपसेट राखिएको छ।

यसको पछाडि डुअल टोन डिजाइन दिइएको छ भने १३ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहेको छ।

सेल्फीका लागि ५ मेगापिक्सेलको वाटरड्रप नच क्यामरा राखिएको छ भने हल्का पानी नछिर्ने पी२आई कोटिङ उपलब्ध छ।

प्रकाशित: २१ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...