सामसङले इन्टरनेट बिनानै ग्यालेक्सी फोनमा भर्चुअल मनि ट्रान्सफरको परीक्षण गर्दै

  • Technology Khabar | २१ श्रावण २०७८, बिहीबार
सामसङले इन्टरनेट बिनानै ग्यालेक्सी फोनमा भर्चुअल मनि ट्रान्सफरको परीक्षण गर्दै

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले कथित रूपमा बैंक अफ कोरिया (बीओके) को साथमा एक केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) पाइलट कार्यक्रममा सहभागी भएको छ। सो पाइलट कार्यक्रम बीओकेद्वारा गत महिना जुलाईको अन्त्यमा शुरू गरीएको थियो।

कोरिया टाइम्सद्वारा उद्धृत एक समाचारअनुसार सामसङ र अन्य इच्छुक पार्टीहरुले एक परीक्षण वातावरणमा सीबीडीसीको व्यावहारिकता अनुसन्धान गर्नेछन्।

खासमा सामसंग इलेक्ट्रोनिक्सले यसको ग्यालेक्सी स्मार्टफोनमा केन्द्रीय बैंक डिजिटल मुद्रा र ब्लकचेनमा आधारित प्रणालीको उपयोगिताको परीक्षण गर्न चाहन्छ। यसको पाइलट परीक्षणहरुको माध्यमबाट डिजिटल मुद्राको उपयोग गरेर इन्टरनेट उपलब्ध नभएको बेलामा पनि मोबाइल भुक्तानी हुन सक्ने वा नसक्ने भन्ने निर्धारित गर्न चाहन्छ।

सामसङको एसडीसी शाखा केन्द्रीय बैंक डिजिटल मुद्राको लागी पाइलट कार्यक्रममा संलग्न हुनेछ। यसको साथमा एस्कोरद्वारा समर्थित हुनेछ, र यो परियोजना अगाडी बढाउन काकाओ कंसोर्टियमद्वारा सहभागीता जनाईनेछ ।

प्रकाशित: २१ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...