मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययन ड्रोनको सहयोगमा गरिने

  • Technology Khabar | २० श्रावण २०७८, बुधबार
मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययन ड्रोनको सहयोगमा गरिने

काठमाडौं ।

केही दिन यता बाढी पहिरोबाट ग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययन गर्नका लागि बिहीबार भूगर्भविद्को एक टोली प्रस्थान गर्ने भएको छ ।

आजै जाने पूर्वयोजना रहे पनि मौसम प्रतिकूलताका कारण भोलि अर्थात् बिहीबारलाई  सारिएको हो।

खानी विभागका सिनियर डिभिजनल भूगर्भविद् शिवकुमार बास्कोटाको संयोजकत्वमा जान लागेको प्राविधिक टोलीले उक्त क्षेत्रमा असार १ तथा हालै लेदोसहितको बाढी र पहिरो जानुको कारणबारे अध्ययन गर्ने बुझिएको छ।

चार दिनसम्म पहिरो गएको क्षेत्रमै बसेर डोनमार्फत त्यस क्षेत्रको अवस्थाको अवलोकन तथा विश्लेषण गरिने बताइएको छ ।

सिन्धुपालचोकको भेमाथानको माथिनै बसेर अध्ययन गर्ने कार्यक्रम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएङ्कव छ।

यस अघि पनि विभिन्न सरोकारवाला निकायको टोली त्यसतर्फ स्थलगत अवलोकन गरिसकेको भए तापनि व्यवस्थित अध्ययन हुन भने सकेको थिएन ।

अध्ययनपछि लेदो बग्नुको कारण र त्यस क्षेत्रका आगामी दिनको हुने जोखिम बारे थाहा हन सक्ने टोलीको आकलन छ ।

प्रकाशित: २० श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार