७५ प्रतिशतभन्दा बढी मर्मत शुल्क असुल गरेकोमा ई. लिंक नेटलाई सोधियो स्पष्टिकरण

  • Technology Khabar | २० श्रावण २०७८, बुधबार
७५ प्रतिशतभन्दा बढी मर्मत शुल्क असुल गरेकोमा ई. लिंक नेटलाई सोधियो स्पष्टिकरण

काठमाडौं ।

इटहरीमा आधारित रहेर इन्टरनेट सेवा दिईरहेको सेवा प्रदायक कम्पनी ई. लिंक नेट प्रालि (E Link Net Pvt. Ltd.) लाई नियमनकारी निकायले कानून विपरितको कार्य गरेको भन्दै कारबाही गर्ने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण बोर्डले ई.लिंक नेटलाई १५ दिने स्पष्टिकरण सोध्दै कारबाही गर्ने भएको हो ।

सो कम्पनीले ग्राहकहरुलाई फिक्स्ड वायर्ड ब्रोडब्याण्ड सेवाको ५० प्रतिशत सम्म मर्मत शुल्क लिन पाउने प्राबधान भन्दा बाहिर गई ग्राहकहरुबाट प्रतिशतभन्दा बढी मर्मत शुल्क असुल गरेको थियो ।

सो बारेमा प्राधिकरणको अनुगमन तथा निरीक्षण टोलीले फेला पारी कानून विपरितको कार्य गरेको भन्दै कारबाही प्रकृया अगाडि बढाएको छ । जसअनुसार प्राधिकरण बोर्डले कम्पनीलाई स्पष्टिकरणको मौका दिएको हो ।

यसका साथै कम्पनीले इन्टरनेट (इमेलसहित) सेवाको अनुमतिपत्रका शर्तहरु समेत पालना नगरेको अनुगमनको क्रममा भेटिएको थियो ।

कम्पनीलाई कारबाही गर्नुभन्दा अगाडि सफाईको मौका दिँदै स्पष्टिकरण बुझाउन भनिएको छ।

प्रकाशित: २० श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार