बैंक र बैंकका अध्यक्षका विषयमा आएका समाचारमा कुनै सत्यता नरहेको सेञ्चुरी बैंकको भनाई

  • Technology Khabar | २० श्रावण २०७८, बुधबार
बैंक र बैंकका अध्यक्षका विषयमा आएका समाचारमा कुनै सत्यता नरहेको सेञ्चुरी बैंकको भनाई

काठमाडौं ।

सेञ्चुरी बैंकले बैंक र बैंकका अध्यक्षका विषयमा आएका समाचारमा कुनै सत्यता नरहेको जनाएको छ । केही अनलाइन सञ्चार माध्यमले बैंक, बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध भ्रामक र कपोलकल्पित समाचारहरु प्रकाशित गरेको भन्दै बैंकले ती समाचारमा सत्यता नरहेको जनाएको हो ।

‘बैंकको बारेमा समाचार सम्पेषण गर्दा आवश्यक जानकारी लिइ तथ्य सत्यको आधारमा प्रकाशित गर्न बैंकले अनुरोध गरेको छ।

बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नुपर्ने रकमका सम्बन्धमा बैंक र रेमिट कम्पनीबीचको सम्झौतामा विवादित विषय मध्यस्तकर्तासँगको पलहमा समाधान गरिने व्यवस्था बमोजिम उक्त असुलीको विषय हाल मध्यस्तकर्तासँगको समन्वयमा आवश्यक काम कारवाही अघि बढिरहेको चाँडै यस मुद्धाको फैसला आउनेमा आशावादी रहेको बैंकले जनाएको छ ।

प्रकाशित: २० श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Communications Minister Timilsina assumes office, emphasizes on team work

  • Technology Khabar
  • २० श्रावण २०७८, बुधबार