ह्वावेद्वारा सेमिकन्डक्टरमा आधारित कम्पनी जर्मन लिथोमा लगानी

  • Technology Khabar | २० श्रावण २०७८, बुधबार
ह्वावेद्वारा सेमिकन्डक्टरमा आधारित कम्पनी जर्मन लिथोमा लगानी

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावे टेक्नोलोजिजले हालै अर्को एउटा सेमिकन्डक्टरमा आधारित कम्पनीमा लगानी गरेको छ।

आफ्नो व्यापारको तोरतरिकामा विविधिकरण गर्नका लागि हालै आफ्नो लगानी संस्था हबल टेक्नोलोझी इन्भेस्टमेन्ट स्थापना गरेको कम्पनीले जर्मन लिथोको स्टेक लिएको हो।

जर्मन लिथो चीनमा माइक्रो तथा नानोस्ट्रक्चरिङ प्रविधिसम्बन्धी उपकरण र प्रोसेस सोलुशन उपलब्ध गराउने कम्पनी हो।

यसको व्यवसायमा नानोइम्प्रिन्ट लिथोग्राफी एनआईएलका लागि एप्लिकेशन बनाउनेदेखि एनआईएल सोलुशन दिने सेमिकन्डक्टरमा आधारित कम्पनी, उपकरण, उपभोग्य पदार्थ, कन्सल्टेसी तथा अन्य उत्पादनमा आधारित सेवाहरु उपलब्ध गराउने पर्दछ।

गत जुनमा ह्वावेले अमेरिकी प्रतिबन्धको छायाँ हटाउन मुख्य चसप उत्पादन प्रविधि क्षेत्रमा लगानी गरेको थियो। हबल टेक्नोलोजी इन्भेस्टमेन्टले लिथोग्राफीको क्षेत्रमा लगानी गरेको छ। गत वर्ष ह्वावेले भर्टिलाइट नामको सेमिकन्डक्टर स्टार्टअपमा लगानी गरेको थियो।

अमेरिकी प्रतिबन्धपछि टीएसएमसीबाट चिप आपूर्ति हुन छाडेकाले कम्पनी हाल सेमिकन्डक्टर उद्योगतिर लगानी गर्न आकर्षित भइरहेको छ।

प्रकाशित: २० श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...