आईफोन उत्पादनका लागि चिनियाँ आपूर्तिकर्तासँग सहकार्य गर्दै एप्पल

  • Technology Khabar | २० श्रावण २०७८, बुधबार
आईफोन उत्पादनका लागि चिनियाँ आपूर्तिकर्तासँग सहकार्य गर्दै एप्पल

काठमाडौं ।

एप्पलले आफ्ना आउँदै गरेका आईफोनहरुका लागि चिनियाँ आपूर्तिकर्ताहरुसँग छलफल गरिरेहको बुझिएको छ।

जापानको निक्केइ अखबारको रिपोर्ट अनुसार अमेरिकासँगको प्रविधि विवाद बढिरहेका कारण चीनलाई आफ्ना स्थानीय उद्योगहरु मजबुत पार्नुपर्ने आवश्यकता देखिएको छ।

यसै क्रममा लक्सशेयर प्रिसिजन इन्डस्ट्री कम्पनी लिमिटेडले आउँदै गरेको आईफोन १३ को ३ प्रतिशत उत्पादन गर्ने बुझिएको छ। यसले गत वर्ष स्वामित्व ग्रहण गरेका दुई कम्पनीले आईफोनका मुख्य पार्टपुर्जा आपूर्ति गर्ने सम्बद्ध स्रोतको हवाला दिँदै निक्केइले लेखेको छ।

लेन्सटेक कम्पनी लिमिटेडले आईफोनका लागि मेटल केसिङ उपलब्ध गराउनेछ भने सन्नी अप्टिकल टेक ग्रुपले पछाडिको क्यामरा लेन्स आपूर्ति गर्नेछ। चीनको बीओई कम्पनीले पनि आवश्यक सामग्री उपलब्ध गराउने बुझिएको छ।

एप्पलले भने यसबारेमा प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ।

लक्सशेयरले फक्सकन र पेगाट्रोनलाई पछि पार्दै एप्पलबाट आईफोन १३ उत्पादन गर्ने अर्डर पाएको र यसै महिनाबाट काम शुरु हुने बताएको छ।

यसै सन्दर्भमा फक्सकनले लक्सशेयरमा कुनै चिनियाँ सरकारी संयन्त्रको संलग्नता छ कि भनेर अध्ययन गर्न कार्यदल बनाउने भएको छ। अघिल्लो महिना एप्पलले विश्वव्यापी चिप अभावका कारण आईफोन उत्पादनमा असर पर्ने बताएको थियो।

प्रकाशित: २० श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार