गुगलद्वारा ट्रान्सलेशन एपको इन्टरफेस रिडिजाइन

  • Technology Khabar | २० श्रावण २०७८, बुधबार
गुगलद्वारा ट्रान्सलेशन एपको इन्टरफेस रिडिजाइन

काठमाडौं ।

गुगलले आफ्नो ट्रान्सलेशन एपलाई रिडिजाइन गरेको छ। अब यसको मोबाइल भर्सनले कन्टेन्ट लेख्ननका लागि किबोर्ड, माइक्रोफोन र क्यामरा सपोर्ट गर्नेछ।

अब कम्पनीले धेरै वर्षपछि यसको प्रोग्राम इन्टरफेस पहिलो पटक पुरै समीक्षा गर्ने बुझिएको छ।

यसमा बेला बेला नयाँ फिचरहरु थपिने गरे पनि रियल टाइममा बोलेर टाइप हुने खालको फिचर भने डेभलपरहरुले धेरै समयदेखि परिवर्तन गरेका छैनन्।

निकट भविष्यमा नयाँ स्मार्टफोनहरुका लागि यसको नयाँ डिजाइन ल्याउने आकलन गरिएको छ।

एक्सडीए डेभलपर पोर्टलका पारखीहरु यसै हप्ता रिलिज भएको गुगल ट्रान्सलेट ६.२१ को एपीके एसेम्ब्ली अफ सफ्टवयरमा भाग लिएका थिए।

यो इन्टरफेस पूर्णरुपमा अपडेटेड भर्सन थियो तर एक्टिभेट गरेपछि यसले काम गरेको थिएन।

यसको स्क्रीनशटका आधारमा हेर्दा नयाँ इन्टरफेसले एक हातले चलाउँदा बढी सजिलो बनाउनेछ। साथै क्यामरा तथा माइक्रोफोन कलिङ बटन तथा भाषा परिवर्तन गर्ने स्विच स्क्रीनको तलपट्टि लगिएको छ।

यस्तै ह्याम्बर्गर मेनु हटाइएको छ। अब यसमा फ्रेजबुक, सेभ्ड फ्रेजेज, अफलाइन ट्रान्सलेशन तथा सेटिङ्सजस्ता सेक्शनहरु दिइएको छ। यी फङ्शनहरु तलको बायाँ कुनामा रहेको ‘मोर’ बटनमा क्लिक गरेर प्रयोग गर्न सकिन्छ।

प्रकाशित: २० श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...