एप्पलको फोल्डेबल फोन आउन कम्तीमा दुई वर्षभन्दा बढी लाग्ने

  • Technology Khabar | १९ श्रावण २०७८, मंगलवार
एप्पलको फोल्डेबल फोन आउन कम्तीमा दुई वर्षभन्दा बढी लाग्ने

काठमाडौं ।

एप्पलको फोल्डेबल स्मार्टफोन आउन अझै कम्तीमा २ वर्षभन्दा बढी लाग्ने बताइएको छ।

सामसङ ह्वावे लगायतका ब्रान्डले बजारमा फोल्डेबल फोन ल्याइसकेका र एप्पलले पनि त्यसमा काम गरिरहेको चर्चा चलिरहेका बेला हालै यस्तो जानकारी बाहिरिएको हो।

कम्पनीले थुप्रै फोल्डेबल फोनका स्क्रीनका लागि पेटेन्ट प्राप्त गरिसकेको छ। तर एप्पलको पहिलो फोल्डेबल फोन भने छिट्टै नआउने रिपोर्ट आएको छ।

चर्चित एप्पल विश्लेषक मिङ चि कुओका अनुसार एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन छिटोमा २०२३ मा सार्वजनिक गर्नेछ। उनले उक्त डिभाइस ८ इन्च क्यूएलईडी फ्लेक्सिबल स्क्रीनसहित आउने दावी गरेका छन्। यसबाहेक मार्क गर्मनले एप्पलले फोल्डेबल फोनमा काम गरिरहेको, यसको प्रोटोटाइप पनि तयार भइसकेको तर छिट्टै भने सार्वजनिक नहुने बताएका छन्।

‘एप्पलले फोल्डेबल फोन ल्याउने पक्का छ तर यसका लागि कम्तीमा दुईदेखि तीन वर्ष लाग्न सक्छ। मलाई लाग्छ एप्पलले ७ वा ८ इन्चको एक्स्पान्डेबल स्क्रीन सहितको डिभाइस ल्याउनेछ’, गर्मनले भने।

प्रकाशित: १९ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार