एनसेलको मुख्य लगानीकर्ता आजियाटाले इन्डोनेसियाको इन्टरनेट सेवा प्रदायक किन्ने

  • Technology Khabar | १९ श्रावण २०७८, मंगलवार

काठमाडौं ।

नेपाली मोबाइल अपरेटर एनसेल आजियाटाको मुख्य लगानीकर्ता मलेसियाली कम्पनी आजियाटा बर्हादले इन्डोनेसियाको इन्टरनेट सेवा प्रदायकलाई किन्ने भएको छ।

आजियाटा र यसको सहायक एक्सएल आजियाटाले एशिया लिंक देवा र फर्स्ट मिडियासंग एक गैर-बाध्यकारी टर्म शीटमा प्रवेश गरेको छ ।

यो कारोबारमार्फत ती कम्पनीको शेयर रहेको लिंक नेट टिबिके को जारी र चुक्ता पूँजीको ६३ प्रतिशत प्रतिनिधित्व गर्ने १.८ अर्ब  शेयरहरु अधिग्रहण गर्नेछ ।

आजियाटाको एक्सएल आजियाटामा ६६.४८ प्रतिशत हिस्सेदारी छ। लिंक नेट कम्पनी एशिया लिंक देवा र फस्ट मिडियाको स्वामित्वमा छ।

सम्भावित लेनदेन सम्बन्धी कुनै वित्तीय विवरण खुलाइएको छैन।

लिंक नेट एक केबल टेलिभिजन र जकार्तामा आधारित उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक हो।

प्रकाशित: १९ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार