ट्विटरले मिथ्या सूचनाको समस्यासँग जुध्न समाचार साइटहरुसँग सहकार्य गर्ने

  • Technology Khabar | १९ श्रावण २०७८, मंगलवार

काठमाडौं ।

माइक्रोब्लगिङ साइट ट्विटरले मिथ्या समाचार सम्बन्धी समस्या समाधानका लागि रोयटर्स तथा एपीजस्ता ठूला समाचार संस्थाहरुसँग सहकार्य गर्ने भएको छ।

यी समाचार संस्थाहरुले ट्विटरलाई धेरै मात्रामा ट्वीट बनाउनका लागि सन्दर्भ र पार्श्व जानकारीहरु प्रदान गर्दछन्।

ट्विटरले यस्तो परिपाटीले मिथ्या सूचना फैलनबाट रोक्ने अपेक्षा गरेको छ। हिजोआज सामाजिक सञ्जालहरुलाई आफ्ना प्लेटफर्ममा आउने यस्ता अफवाह र मिथ्या सूचना तथा सामग्री रोक्न निकै दबाब आइरहेको छ।

यस सम्बन्धमा ट्विटरले यो सहकार्यले तथ्यहरुमा विवाद आएका बेला सही र भरपर्दो सूचना द्रुत गतिमा फैलाउन मद्दत गर्ने पनि जनाएको छ।

‘कुनै पनि सूचना भाइरल होउन्जेल कुर्नुभन्दा ट्विटरले विकसित हुँदै गइरहेको घटनाक्रमलाई सर्वसाधारणको कुराकानीका आधारमा सान्दर्भिक बनाउनेछ’, ट्विटरले भनेको छ।

हाल ट्विटरमा हुने ठूला र द्रुतगतिमा बढिरहेका कुराकानीहरु उल्लेखनीय वा विवादास्पद हुने गर्छन्। ट्विटरको क्युरेशन टिमले यूजरहरुले पोस्ट गरेका भ्रामक सूचनालाई टक्कर दिन भरपर्दो स्रोतबाट सम्बद्ध सन्दर्भ पत्ता लगाएर त्यसलाई प्रचार प्रसार गर्नेछन्।

हालै एउटा ब्लगमा ट्विटरले नयाँ कार्यक्रमले ट्विटरमा हुने कुराकानीमा भरपर्दो सन्दर्भ थपेर यो कार्यको स्तर र गतिलाई अझ बढाउने जनाएको छ।

उक्त पोस्टमा ट्विटरमा क्युरेशन टिमसँग उच्च तहको वा भरपर्दो रिपोर्टिङ गर्ने पहुँच वा क्षमता नभएका बेला रोयटर्स तथा एपीबाट लिइएका सामग्रीले उक्त प्लेटफर्मको सूचनाको विश्वसनीयता बढाउने उल्लेख गरिएको छ।

प्रकाशित: १९ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार