विश्वको पहिलो रिप्रोग्राम गर्न मिल्ने व्यावसायिक यूटेल्स्याट क्वान्टम स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण

  • Technology Khabar | १७ श्रावण २०७८, आईतवार
विश्वको पहिलो रिप्रोग्राम गर्न मिल्ने व्यावसायिक यूटेल्स्याट क्वान्टम स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण

काठमाडौं ।

गत शुक्रबार एउटा एरियन ५ रकेटसहित फ्रेन्च गुयनाबाट प्रक्षेपण गरिएको विश्वकै पहिलो व्यावसायिक पूर्णरुपमा रिप्रोग्राम गर्न सकिने स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ।

नयाँ जमानाको अझ लचिलो सञ्चारका लागि सहयोगीसिद्ध हुने हिसाबले एरियन ५ रकेटमा राखेर उक्त स्याटेलाइट पठाइएको हो।

पृथ्वीमा डिजाइन तथा ‘हार्ड वायर’ गरिएका परम्परागत मोडलभन्दा फरक यूटेलस्याट क्वान्टमले यूजरहरुलाई आफ्ना आवश्यकता अनुसार रियल टाइममा सञ्चार गर्न सघाउ पुर्याउँछ। उक्त स्याटेलाइट प्रक्षेपण गरिएको ३६ मिनेटमा अन्तरिक्षको अक्षमा राखिने तय भएको छ।

यूरोपेली अन्तरिक्ष एजेन्सीका अनुसार पृथ्वीबाट ३५ हजार किलोमिटर निश्चित पोजिशनमा राख्दा रिप्रोग्राम गर्न मिल्ने यो यूटेलस्याट क्वान्टमले आफनो निश्चित १५ वर्षे कार्यकालमा बदलिँदो डाटा ट्रान्समिशन तथा सुरक्षित सञ्चारको मागलाई सम्बोधन गर्न सक्दछ।

३.३ टनको यो क्वान्टम मोडलमा आठ ओटा कम्युनिकेशन बिम रहेका छन् र प्रत्येकलाई यसको एरिया कभरेजका लागि तथा यसले उत्पादन गर्ने दूरसञ्चारको शक्तिका आधारमा मोडिफाइ गर्न सकिन्छ।

यूटेलस्याटका अनुसार उपभोक्ताहरुलाई सफ्टवयर उपलब्ध गराएर यस्ता परिवर्तन मिनेटमै प्राप्त गर्न सकिन्छ। यसको मतलब यो स्याटेलाइट हवाइजहाज तथा समुद्रमा चल्‍ने पन्डुब्बीजस्ता चलायमान चिजहरुमा मोबाइल कभरेज उपलब्ध गराउन उपयुक्त हुने देखिन्छ।

यसबाहेक डिजिटल सुरक्षा तथा अन्तरिक्षमा सम्भावित हतियारकरण हुन सक्ने चिन्ता चलिरहँदा क्वान्टमले यस्ता विभिन्न डिभाइसबाट निस्केका सिग्नल हानिकारक छन् वा छैनन् भन्ने खुट्याउँछ साथै यसलाई तत्काल रोक्न आवश्यक उपाय पनि अवलम्बन गर्छ।

क्वान्टमले १५ वर्षसम्म पश्चिम अफ्रिकादेखि एसियासम्मको ठूलो भोगोलिक क्षेत्र ओगट्न सक्ने पनि बताइएको छ।

प्रकाशित: १७ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...