ह्वावेको १०० वाट चार्जरलाई थ्रीसी सर्टिफिकेट

  • Technology Khabar | १७ श्रावण २०७८, आईतवार
ह्वावेको १०० वाट चार्जरलाई थ्रीसी सर्टिफिकेट

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेको आउँदै गरेमो १०० वाट चार्जरले हालै थ्री सी सर्टिफिकेट प्राप्त गरेको छ।

ह्वावेबाट छुट्टिएर स्वतन्त्र ब्रान्डका रुपमा रहेको अनरले अघिल्लो महिना आफ्नो अनर ५० प्रोमा १०० वाट चार्जिङ सपोर्ट रहने घोषणा गरेको थियो।

यसै सिलसिलामा अनरको पूर्व माउ कम्पनीले पनि आफ्नो आगामी स्मार्टफोनमा  १०० वाट ह्वावे चार्जर ल्याउने हालै चीनको थ्रीसीले  HW-२००५००C०० मोडल कोड भएको चार्जरलाई प्रमाणीकरण गरेबाट पुष्टि भएको छ।

ह्वावेले १०० वाट चार्जिङ सपोर्टयुक्त स्मार्टफोन कहिले सार्वजनिक गर्नेछ भन्ने कुनै टुंगो छैन। तर यो चार्जरले थ्री सी सर्टिफिकेट पाइसकेकाले हामीले ह्वावेका तर्फबाट छिट्टै यो विशेषतायुक्त डिभाइसको घोषणा सुन्न पाउने अपेक्षा गर्न सकिन्छ।

हालै घोषणा गरिएको ह्वावे पी५० तथा पी५० प्रोमा ६६ वाटको चार्जिङ सपोर्ट रहेको छ भने पी५० प्रो ले ५० वाटको वायरलेस चार्जिङ पनि सपोर्ट गर्दछ।

प्रकाशित: १७ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार