
काठमाडौं ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा यहि साउन २२ गतेदेखी २७ गतेसम्म राष्ट्रव्यापी भर्चुअल वक्तृत्व कला प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतियोगितालाई बिभिन्न चार चरणमा बाँडिएको छ जसमा सुरुको छनौट चरण पार गरेपछी प्रतियोगी इन्टरमिडिएट चरणमा प्रवेश गर्नेछन् त्यसपछि सेमिफाइनल हुनेछ र अन्तिममा फाइनल हुने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा भाग लिनका लागि प्रतियोगीले ३ मिनेटको भिडियो आयोजकले तोकेको विषयमा नेपाली या अङ्ग्रेजी कुनै पनि भाषामा बनाएर आयोजकलाई पठाउनुपर्नेछ। यस प्रतियोगिताको लागि प्रतियोगीले साउन २१ गते बेलुका १२ बजेसम्म नाम दर्ता गराउन सक्नेछन्।
राजनीतिप्रति युवाहरुको संलग्नता, महामारीको समयमा अनलाइन शिक्षाको प्रभाव, मानसिक स्वास्थ्य र वर्तमान विश्व तथा दिगो विकास लक्ष्य प्राप्तिका लागि युवाहरूको भूमिका विषयक शिर्षकहरु राखिएका छन् ।
उत्कृष्ट ५ प्रतियोगीलाई नगद, प्रमाणपत्र तथा अन्य थुप्रै आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताईएको छ।
लियो क्लब अफ काठमाडौं सौहार्द र लायन्स क्लब अफ काठमाडौं न्यू सिटिको संयुक्त आयोजना तथा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्, रोटर्याक्ट क्लब अफ पशुपती नेपाल ल क्याम्पसको सह आयोजना, र लियो जिल्ला परिषद् A1,A2,B2 र थट फर फुडको सहयोग, लायन्स क्लब अफ काठमाडौ न्यू स्मार्ट सिटि र लायन्स क्लब अफ काठमाडौं हाम्रो कोटेश्वर सिटिको संयुक्त सहकार्यमा सो भर्चुअल वक्तृत्व कला प्रतियोगिता आयोजना गर्न लागिएको जनाईएको छ ।
वक्तृत्व कला प्रतियोगितामा सहभागी बन्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर थप जानकारीसहित सहभागी बन्न सक्नुहुनेछ ।
प्रकाशित: १७ श्रावण २०७८, आईतवार