यी हुन् जेठ महिनाका ‘टप टेन’ इन्टरनेट सेवा प्रदायक, कसका ग्राहक कति?

  • Technology Khabar | १७ श्रावण २०७८, आईतवार
यी हुन् जेठ महिनाका ‘टप टेन’ इन्टरनेट सेवा प्रदायक, कसका ग्राहक कति?

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले यस वर्षको २०७८ जेठ मसान्तसम्मको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक भएको प्रतिवेदन अनुसार ग्राहक सङ्ख्याका आधारमा निम्न इन्टरनेट सेवा प्रदायकहरु उत्कृष्ट १० मा पर्न सफल भएका छन्।

१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड- ४, ८५, १३९

वैशाख मसान्त – ४, ७८, ६४८जेठ मसान्त – ४, ८५, १३९वृद्धि – ६, ४९१

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०७८ जेठ मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको जम्मा ग्राहक सङ्ख्या ४ लाख ८५ हजार १३९ पुगेको छ। २०७८ वैशाख मसान्तसम्म ४ लाख ७८ हजार ६४८ रहेकामा उक्त सङ्ख्यामा ६ हजार ४९१ बढेको हो। यीमध्ये वायरलेसका ग्राहक ९०८, केबलका ग्राहक ८३२ र फाइबरका ग्राहक ४, ८३ हजार ३९९ रहेका छन्।

२. सुविसु केबलनेट प्रालि २, १०, ५१३

वैशाख मसान्त- २, ०४, ००७जेठ मसान्त – २,१०, ५१३वृद्धि – ६, ५०६

दोस्रो नम्बरमा रहेको सुविसु केबलनेट प्रालिको जम्मा ग्राहक सङ्ख्या २ लाख १० हजार ५१३ पुगेको थियो। यो सङ्ख्या जेठ मसान्तसम्म २ लाख ४ हजार ७ रहेको थियो।

एक महिनामा ६ हजार ५०६ ग्राहक थपिएका छन्। यीमध्ये वायरलेसका ग्राहक १०, ४५८, केबलका ग्राहक २५, ०६५ र फाइबरका ग्राहक १, ७४ हजार ९९० रहेका छन्।

३. क्लासिकटकेक प्रालि – १, ५०, ७६०

वैशाख मसान्त – १, ४३, ३२९जेठ मसान्त – १, ५०, ७६०वृद्धि – ७, ४३२

उत्कृष्ट १० को सूचीमा तेस्रो नम्बरमा रहेको क्लासिकटेक प्रालिको जेठ महिनासम्मको कुल ग्राहक सङ्ख्या १ लाख ४३ हजार ३२९ रहेकामा एक महिनाको अवधिमा ७हजार ४ सय ३२ वृद्धि भएर १ लाख ५० हजार ७६० पुगेको छ। यीमध्ये १, ४९, ७९६ फाइबर सेवा लिने ग्राहकहरुक  छन् भने ९६४ वायरलेसका ग्राहक छन्।

४.भायानेट प्रालि – १, ४७, ६९२

वैशाख मसान्त – १, ४४, ००३जेठ मसान्त – १, ४७, ६९२वृद्धि – ३, ६८९

तेस्रोबाट चोथो नम्बरमा झरेको भायानेट प्रालिको जम्मा ग्राहक सङ्ख्या वैशाख मसान्तसम्म १ लाख ४४ हजार ३ रहेकामा एक महिनामा ३ हजार ६८९ थपिएर जेठ मसान्तसम्म १ लाख ४७ हजार ६९२ पुगेको छ। यसमध्ये सबै फाइबरका ग्राहक छन्। भायानेट प्रालिका केबल र वायरलेस ग्राहकहरु छैनन्।

५. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि ७४, ०४२

वैशाख मसान्त ६९, ०३२जेठ मसान्त – ७४, ०४२वृद्धि – ५, ०१०

वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि यो महिना ७४ हजार ६४१ ग्राहक सङ्ख्या पुर्याएर  सूचीको पाँचो नम्बरमा उक्लिएको छ। उसको अघिल्लो महिना ग्राहक संख्या ६९ हजार ३२ थिए।

उसका ७४ हजार ४२ मध्ये २ हजार ७९१ जना वायरलेसका तथा बाँकी ७१, २५१ जना फाइबरका ग्राहक रहेका छन्। वेबसर्फरका पनि केबल सेवा लिने ग्राहक छैनन्।

६. टेकमाइण्ड्स नेटवर्क प्रालि ६२, ३२३

वैशाख मसान्त– ५९, ४७५जेठ मसान्त – ६२, ३२३वृद्धि – २, ८४८

चितवनमा मुख्य कार्यालय रहेको टेकमाइण्ड्स नेटवर्क प्रालि कुल ६२ हजार ३२३ ग्राहकसहित छैटो नम्बरमा परेको छ। यो सङ्ख्या अघिल्लो महिना अर्थात् वैशाख मसान्तको भन्दा २ हजार ८४८ ले बढी हो।

६२ हजार ३२३ मध्ये २, ४५९ जना वायरलेसका तथा ५९, ८६४ जना फाइबर सेवाका ग्राहक रहेका छन् भने यो कम्पनीका पनि केबल सेवाका ग्राहक छैनन्।

७. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि – ४६, २१८

वैशाख मसान्त – ४४, ५९४जेठ मसान्त – ४६, २१८वृद्धि – १, ६२४

उत्कृष्ट १० को सातो नम्बरमा परेको ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिका जम्मा ४६ हजार २१८ जना ग्राहक रहेकोमा २६५ जना वायरलेसका तथा बाँकी ४६, ०५३ ग्राहक फाइबरका छन्। ब्रोडलिंकका पनि केबलमार्फत् सेवा लिने ग्राहक छैनन्। यो संख्या अघिल्लो महिनाकोभन्दा १, ६२४ ले बढी छ।

८. कनेक्ट नेपाल नेटवर्क – १८, ५७०

वैशाख मसान्त – १८, ५७०जेठ मसान्त – १८, ५७०अन्तर – यथावत

सूचीको आठाैं नम्बरमा परेको कनेक्ट नेपाल नेटवर्कको कुल ग्राहक सङ्ख्या १८ हजार ११० रहेको छ। यो आईएसपी सूचीको उति नै ग्राहक सङ्ख्यासहित आठाैं नम्बरमा नै थियो।

यीमध्ये कनेक्ट नेपाल नेटवर्कले ६० जनालाई वायरलेस सेवा प्रदान गरिरहेको छ भने बाँकी १८, ५१० जनालाई फाइबरमार्फत सेवा दिइरहेको छ। कनेक्ट नेपाल नेटवर्कले पनि केबलमार्फत कुनै ग्राहकलाई सेवा दिएको छैन।

९. एरोनेट प्रालि १३, ४०४

वैशाख मसान्त – १३, ०२४जेठ मसान्त – १३, ४०४वृद्धि – ३८०

वैशाख महिनासम्ममा जम्मा ग्राहक सङ्ख्या १३ हजार २४ पुर्याएर सूचीको नवाैं नम्बरमा परेको एरोनेट प्रालि चैत मसान्तमा ३८० ग्राहक संख्या थपेर यथास्थानमै रहन सफल भएको छ।

यसले पनि केबलमार्फत् सुविधा दिएको छैन भने उसका वायरलेस ग्राहक ७४ जना तथा फाइबरमार्फत् सेवा लिने ग्राहक १३ हजार ३३० रहेका छन्।

९. डिश मिडिया नेटवर्क प्रालि

वैशाख मसान्त – ७, १२७जेठ मसान्त – ११, ८६७वृद्धि – ४, ७४०

वैशाख महिनासम्ममा जम्मा ग्राहक सङ्ख्या ७ हजार १२७ रहेको डिश मिडिया नेटवर्क प्रालि जेठ मसान्तसम्ममा ४, ७४० ग्राहक संख्या थपेर दशो स्थानमा पुगेको छ।

यसले पनि वायरलेस र केबलमार्फत् सुविधा दिएको छैन भने उसका फाइबरमार्फत् सेवा लिने ग्राहक ११ हजार ८६७ रहेको तथ्याङ्क छ।

प्रकाशित: १७ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार