नबिल बैंक र डीभी एक्सिलसबीच किसानलाई सहज कर्जा प्रदान गर्ने सम्झौता

  • Technology Khabar | १६ श्रावण २०७८, शनिबार
नबिल बैंक र डीभी एक्सिलसबीच किसानलाई सहज कर्जा प्रदान गर्ने सम्झौता

काठमाडौं ।

नबिल बैंक र डीभी एक्सिलसबीच खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि सहज कृषि प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले हस्ताक्षर गरेका छन् ।

सो रणनीतिक साझेदारी अन्तर्गत किसानहरूलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्न सहज हुने नबिल बैंकले जनाएको छ। यसैगरी, किसानहरूले डीभी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्तिताबाट लाभ लिन सक्नेछन् ।

त्यसक्रममा बैंकका कार्यकारी अधिकृत शाहले भने, ‘नबिल बैंकले सदैब दिगो बैकिङ्गलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्राहृश्थ उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र हो। हामी डी भी एक्सिलस सँगको यस सहकार्य द्वारा कृषकहरुको आवश्यकता अनुसार कृषि कर्जा प्रदान गरि उनीहरुको उत्पादन क्षमता वृद्धि गरि देशको आर्थिक विकासमा योगदान पुराउदै समाजमा स्वस्थ्य र स्वच्छ तथा अर्गानिक उत्पादनको पहुँच पुर्याउने अभियानमा सहकार्य गर्न पाउदा उत्साहित छौं ।’

साझेदारीसँगै, नबिल बैंकले कृषि क्षेत्रमा प्राविधिक ज्ञानको साथ व्यवसाय विकास कार्यक्रमको मिश्रण गरि कृषकलाई गुणात्मक कृषि सरसाधानको सहज उपलब्धता र सहज वित्तिय पहुँच मार्फत परम्परागत वित्तिय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको जनाएको छ।

प्रकाशित: १६ श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...