जब पोल्याण्ड प्रहरी मुख्यालय भित्रै बिटक्वाइन माइनिङ्ग गरेको भेटियो…

  • Technology Khabar | १६ श्रावण २०७८, शनिबार
जब पोल्याण्ड प्रहरी मुख्यालय भित्रै बिटक्वाइन माइनिङ्ग गरेको भेटियो…

काठमाडौं ।

प्रहरी कार्यालय अन्य स्थान भन्दा धेरै सुरक्षित र विश्वसनिय मानिन्छ र अझ प्रहरी मुख्यालय झनै सुरक्षित र संवेदनशिल स्थान हुन्छ । तर प्रहरी मुख्यालयमा नै अनधिकृत कार्य समेत हुने गर्दछ । हालै पोल्याण्डको प्रहरी मुख्यालयमा यस्तै भएको छ।

पोलिश पुलिसले शुक्रवार उनीहरुको वार्सामा रहेको आफ्नो मुख्यालयमा एक बिटक्वाइन माइन अपरेशनको खुलासा गरे।

“एक नागरिक कर्मचारी, एक पुलिस अधिकारी हैन … बिटक्वाइन माइन गर्न बिजुली चोर्ने प्रयास गरे,” पुलिस प्रवक्ता मारियुज सियार्काले टिभिएन२४ समाचार च्यानल लाई भनेका छन् ।

“दुर्भाग्यवश यो एक पुलिस साइट मा भयो,” सियार्काले भने । उनकाअनुसार सो बिटक्वाइन माइनको कुनै चरणमा संदिग्धलाई पुलिस डाटाबेस मा पहुँच थिएन।

सियार्काकाअनुसार कथित अपराध “धेरै छिटो” पत्ता लगाइएको थियो तर उनले सटीक समयबारे जानकारी दिएनन्।

रिपोर्टकाअनुसार ती कर्मचारीलाई बर्खास्त गरीएको छ र अधिकारीहरुले त्यस बारेमा अनुसन्धान गरीरहेका छन्।

दोस्रो व्यक्तिलाई पनि अनुसन्धानको क्रममा बर्खास्त गर्ने तयारीमा रहेको रिपोर्टमा भनिएको छ।

क्रिप्टो माइनिङ्ग प्रक्रिया जसको माध्यमबाट कम्प्यूटरहरु नयाँ भर्चुअल मुद्रा उत्पन्न गर्दछन् र कारोबार मान्य गराउँछन् । यसको लागि ऊर्जा र प्रशोधन शक्तिको एक विशाल मात्राको आवश्यकता पर्दछ।

प्रक्रिया सामान्यतया परिष्कृत कम्प्युटरहरुको एक विशेष रूपबाट डिजाइन गरीएको “रिग” मा आधारित हुने गर्दछ ।

हाल बिटक्वाइनको बजार मूल्य ३८ हजार ८०० डलर हाराहारी रहेको छ । एजेन्सी

प्रकाशित: १६ श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार