फोन फुटेर वा हराएर तपाईँको कन्ट्याक्टहरु हराएको छ भने यसरी सजिलैसँग फेरि पाउनुहोस्

  • Technology Khabar | १६ श्रावण २०७८, शनिबार
फोन फुटेर वा हराएर तपाईँको कन्ट्याक्टहरु हराएको छ भने यसरी सजिलैसँग फेरि पाउनुहोस्

काठमाडौं ।

हाम्रो फोन फुट्दा वा हराएपछि सबैभन्दा धेरै समस्या त्यसमा भएका सम्पर्क नम्बरहरु बारे चिन्ता हुने गर्दछ। किनकि त्यहाँ धेरै सम्पर्कहरु हुन्छन् जो चाँडै फिर्ता आउँदैनन् र उनीहरुलाई गुमाएपछि समस्या हुने गर्दछ ।

तर के तपाईँलाई थाहा छ फोन टुटेपनि वा हराएपछि पनि हामी फोनमा भएका कन्ट्याक्टहरुलाई पुन प्राप्त गर्न सक्छौं। हो, यो बिल्कुल सम्भव छ। आज हामी तपाइँलाई बताउँछौं कि कसरी सम्पर्कहरु फिर्ता पाउन सकिन्छ।

यसरी कन्ट्याक्टहरु फेरि प्राप्त गर्नुहोस्

  • यदि तपाइँसँग तपाइँको फोनमा जिमेल छैन भने सबैभन्दा पहिले जिमेल डाउनलोड गर्नुहोस्।
  • अब जिमेलमा लगइन गर्नुहोस् ।
  • यसो गरेपछि, तपाइँ बायाँ तिर गुगल एप्सको तल सम्पर्क र क्यालेन्डरको विकल्प देख्नुहुनेछ।
  • यहाँ तपाइँ सम्पर्कको विकल्पमा क्लिक गर्नुपर्छ।
  • तपाईँ यसलाई कन्ट्याक्ट्समा क्लिक गर्नुहोस्, तपाइँको सबै सम्पर्कहरु यहाँ देख्नुहुनेछ।
  • यहाँबाट तपाइँको कन्ट्याक्ट्स ब्याकअप गर्न सक्नुहुन्छ।
  • तर यसको लागी तपाइँको कन्ट्याक्ट्स जिमेलसँग सिंक भएको गर्नु आवश्यक छ।

यसरी जीमेलमा कन्ट्याक्ट्स सिंक गर्नुस्

  • सबैभन्दा पहिले आफ्नो फोनको सेटिंग्समा जानुहोस्।
  • यहाँ कन्ट्याक्ट्स ब्याकअप खोल्नुहोस्।
  • सेटिंग्समा एकाउन्ट र सिंक विकल्प छान्नुहोस् र तपाईँको जिमेल खाता सक्रिय गर्नुहोस्।
  • यसपछि तपाईँको फोनमा सबै नम्बर स्वचालित रूपबाट जीमेल सिंक हुनेछ।

प्रकाशित: १६ श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...