एप्पल र एपिक बिच एप स्टोर शुल्क विवादमा इलन मस्क एपिकको समर्थनमा

  • Technology Khabar | १६ श्रावण २०७८, शनिबार
एप्पल र एपिक बिच एप स्टोर शुल्क विवादमा इलन मस्क एपिकको समर्थनमा

काठमाडौं ।

टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत तथा अर्बपति इलन मस्कले शुक्रवार फोर्टनाइट गेम निर्माता एपिक गेम्सको लागी आफ्नो समर्थन देखाएका छन् । उनले एप्पल र एपिक गेम्सबिचको विवादमा एपिकलाई समर्थन गरेका हुन् ।

एपिकले एप्पल इंकको एप स्टोर कमिशन शुल्कमा चुनौती दिँदै आएको छ।

“एप्पल एप स्टोर शुल्क इन्टरनेटमा एक वास्तविक वैश्विक कर हो। एपिक सही छ,” उनले एक ट्वीटमा भने।

आईफोन निर्माताले मोबाइल एप्सको लागि बजारमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेको आरोप लगाउँदै एपिक गेम्सले गत वर्ष दायर गरेको मुद्दा एप्पलले लडिरहेको छ ।

एपिकको कमिशनलाई रोक्न फोर्टनाइट गेममा यसको आफ्नै इन-एप भुक्तान प्रणाली पेश गर्दा एपिकले एप्पलको नियम तोडेको विषय मुद्दामा पुगेको हो ।

तर एप्पल भने आफ्नो एप स्टोर अभ्यासको बचाउ गर्दै अदालत र सांसदहरु जानकारी गराएको छ ।

मस्कले शुक्रबार ढिलो गरी भने उनी एप्पल उत्पादनहरुको उपयोग गर्न मन पराउँछन्, तर आईफोन निर्माताले एप स्टोरमा अधिक चार्ज गरिरहेको बताए।

“मेरो मतलब लगभग शून्य वृद्धिशील काम गर्नको लागी ३० प्रतिशत शुल्क बिल्कुल अनुचित छ। एपिकले आफ्नो शुल्क भुक्तान प्रकृयाको लागी हैरान हुने थिएन् यदि एप स्टोर शुल्क उचित थियो भने,” उनले ट्वीट गरेका छन् ।

प्रकाशित: १६ श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार