अमेजनलाई डाटा दूरुपयोगको आरोपमा १ खर्ब ५ अर्ब ५० करोड रुपैयाँ जरिवाना

  • Technology Khabar | १६ श्रावण २०७८, शनिबार
अमेजनलाई डाटा दूरुपयोगको आरोपमा १ खर्ब ५ अर्ब ५० करोड रुपैयाँ जरिवाना

काठमाडौं ।

अमेजन इंकलाई डाटा दूरुपयोगको आरोपमा अहिलेसम्मकै सबैभन्दा धेरै जरिवाना  गरिएको छ।

युरोपियन डाटा प्रोटेक्सन लअन्तरगत लक्जेम्बर्ग नेसनल कमिसन फर डाटा प्राटेक्सनले ८८६.६ मिलियन अमेरिकी डलर अर्थात करिब १ खर्ब ५ अर्ब ५० करोड रुपैयाँभन्दा धेरै जरिवाना तिराइएको हो ।

कम्पनीलाई व्यक्तिगत डाटा प्रशोधन को लागी जीडीपीआरको नियमहरुको उलंघन गरेको भन्दै युरोपेली स‌ंघले जरिवाना लगाएको हो

लक्जेम्बर्ग नेशनल कमिशन फर डाटा प्रोटेक्शन (सीएनपीडी)ले अमेजनलाई १६ जुलाईको निर्णयमा जरिवाना लगाएको हो, कम्पनीले शुक्रबार एक नियामक फाइलमा खुलासा गरेको छ।

कम्पनीका प्रवक्ताकाअनुसार अमेजनले जरिवानाको विरुद्ध अपील गर्ने छ। ईकमर्स जायन्टले सीएनपीडीको निर्णय बिना आधार भएको दाबी गरेको छ ।

ईयूको सामान्य डाटा संरक्षण विनियमन अर्थात जीडीपीआरअनुसार कम्पनीहरुलाई व्यक्तिगत डाटाको उपयोग गर्नु भन्दा पहिले उनीहरुको सहमति लिनुपर्छ वा भारी जरिवानाको सामना गर्नुपर्छ।

यसअघि पनि ईयूले गुगल, ब्रिटिस एयरवेज, एच एण्ड एम र मेरिट होटल जस्ता कम्पनीलाई पनि जरिवाना गरेको थियो तर उनीरुको जरिवाना यतिधेरै थिएन ।

प्रकाशित: १६ श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार