लिंक्डइनद्वारा कर्मचारीलाई पूर्णरुपमा नेपथ्यबाट काम गर्न इजाजत

  • Technology Khabar | १५ श्रावण २०७८, शुक्रबार
लिंक्डइनद्वारा कर्मचारीलाई पूर्णरुपमा नेपथ्यबाट काम गर्न इजाजत

काठमाडौं ।

प्रोफेशनल नेटवर्किङ साइट लिंक्डइनले आफ्ना सबै कर्मचारीले पूर्णरुपमा नेपथ्यबाटै काम गर्न सक्ने इजाजत दिएको छ।

कोरोना महामारीका कारण तत्काल कार्यालय फर्केर काम गर्न सक्ने सम्भावना नदेखिएपछि कम्पनीले यस्तो निर्णय लिएको हो।

कम्पनीका चिफ पिपल अफिसार टुइला ह्यान्सनले अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सलाई हालै यस्तो जानकारी दिएका हुन्।

यो नयाँ नीति माइक्रोसफ्ट कर्पको गत वर्ष अक्टोबरमा आएको भन्दा फरक रहेको छ। त्यतिबेला लिंक्डइनले कोरोना महामारीको प्रतिबन्ध हटेपछि आफ्ना कम्तीमा ५० प्रतिशत कर्मचारीले कार्यालयमा उपस्थित भएर काम गर्ने आकलन गरेको थियो।

हालको अद्यावधिक गरिएको नीतिले लिंक्डइनका विश्वभरीका १६ हजारभन्दा बढी कर्मचारीलाई पूर्णरुपमा वा पार्ट टाइम काम नेपथ्य वा रिमोटबाटै गर्न पाउने इजाजत दिन्छ।

‘हामी कोरोना महामारी अघिको भन्दा उल्लेख्य संख्यामा नेपथ्य कर्मचारी रहने आकलन गरेका छाैं’, हेन्सनले बुधबार एक अन्तर्वार्तामा भने। उनले केही काम भने कार्यालयमै बसेर गर्नुपर्ने प्रकृतिको हुने पनि जानकारी दिए।

उनले आफ्ना कर्मचारीलाई तत्कालै कार्यालय फर्कनका लागि कोरोना विरुद्धको खोपको आवश्यकता नपर्ने पनि उल्लेख गरे जुन फेसबुक, ट्वसटर तथा गुगलले हालै गरेको खोप व्यवस्थासम्बन्धी घोषणाभन्दा बिल्कुलै फरक छ।

प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...